शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इङ्ल्यान्डको विश्वकप टोली घोषणा

मङ्गलबार, ०७ जेठ २०७६, २३ : २३
मङ्गलबार, ०७ जेठ २०७६

एजेन्सी- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि मंगलबार इङ्ल्यान्डले १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । पुराना खेलाडीको बाहुल्यता रहेको टोलीमा नयाँ अनुहारको रुपमा अलराउन्डर जोफ्रा आर्चरले मौका पाएका छन् । डेभिड विलीको स्थानमा राखिएको हो ।

इयान मोर्गनको कप्तानीमा रहेको इङ्ल्यान्ड टोलीमा जोय रुट, जोन्नी बेस्ट्रो, जासन रोय, जोस बट्लर, मोइन अली, क्रिस वाकोस, बेन स्ट्रोक्स, आदील राशिद, लाइम प्लङकेट, जेम्स भिन्स, आर्चर जोफ्रा, टम करन, जो डेन्ली र मार्क वुड छन् । पाँचौं पटक विश्वकपको आयोजना गर्न लागेको इङ्ल्यान्डले हालसम्म उपाधि जित्न सकेको छैन ।

इङ्ल्यान्ड यसअघि सन् १९७९, १९८७ र १९९२ को विश्वकपको पाmइनलमा पराजित भएको थियो । मे ३० देखि सुरु हुने विश्वकपका खेलहरु इङ्ल्यान्ड र वेल्समा खेलिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप