यूएईद्वारा ‘असाधारण प्रतिभा’ र लगानीकर्तालाई ‘गोल्डेन भिषा’ कार्यक्रमको घोषणा
एजेन्सी-लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका व्यक्तिलाई संयुक्त अरब इमिरेट्स (यूएई) ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो (गोल्डेन) भिषा कार्यक्रम ल्याएको छ ।
उक्त स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस खाडी मुलुकको समृद्धिका लागि योगदान गर्ने विश्वासका साथ गोल्डेन भिषा कार्यक्रमको शुरूवात गरेको अधिकारीहरूले बताएका छन् ।
“गोल्डेन कार्ड कार्यक्रम डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ प्रदान गर्ने प्रस्ताव गरिएको हो,” यूएर्यका प्रधानमन्त्री शेख मोहम्मद विन ससिद अल माक्टौमले बताए ।
उनीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “हामीले हाम्रो मुलुकको विकासको यात्रामा स्थायी साझेदार चाहेका छौँ । नयाँ बासिन्दा हाम्रो मुलुकका लागि अपरिहार्य अङ्ग हुनेछन् ।”
उक्त खाडी मुलुकले पहिलो समूहमा २७ अर्ब अमेरिकी डलर बराबर (एक खर्ब दिराम) बराबर लगानी गर्ने छ हजार ८०० लगानीकर्तालाई स्थायी बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्रीले बताए ।
यो खाडी मुलुकमा विदेशीका लागि पहिलो आकर्षक योजना हो । खासगरी खाडी क्षेत्रमा बसोबास गर्न र लगानी गर्न चाहने विदेशीलाई सिमित अवधिको बसोबासको व्यवस्था भएको ‘काफला’ प्रायोजन कार्यक्रम दिइँदै आएको थियो ।
पछिल्ला बर्षहरूमा तीब्र आर्थिक विकास गरेको अरब क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रमा करिब ९० लाख जनसङ्ख्या रहेको यहाँ उल्लेख्य सङ्ख्यामा विदेशी लगानीकर्ता र कामदार पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे
-
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने
-
‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने
-
यी हुन् कांग्रेसका आदिवासी जनजाति विभागमा मनोनीत १० सदस्य
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
सूर्याको हातमा आयो अर्को ठुलो फिल्म