शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाका भेरी व्यूरो इन्चार्जसहित २ जना पक्राउ

मङ्गलबार, ०७ जेठ २०७६, २१ : ३९
मङ्गलबार, ०७ जेठ २०७६

सुर्खेत- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका केन्द्रीय सदस्य एवम् भेरी व्यूरो इन्चार्जसहित दुई जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलन गरीे पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ भर्लेनीबाट आजै उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

विप्लवका केन्द्रीय सदस्य बलबहादुर वली ‘शितल’ र सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ‘यामराज’लाई पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहले जानकारी दिए । उनीहरुका साथबाट पार्टीका विभिन्न दस्तावेज बरामद गरिएको उनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप