भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान
मङ्गलबार, ०७ जेठ २०७६, १९ : ३५
काठमाडौं– भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । भोजपुरको ट्याम्के मैयुम गाउँपालिका १ स्थित मैयुमडाँडास्थित जंगलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको हो ।
जंगलमा थुपै्र हतियारधारी समूह लुकेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अप्रेशन चलाएको थियो । जंगलमा पुगेको प्रहरी टोलीमाथि उल्टै गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको जनाएको छ ।
जवाफी फायरका क्रममा सो समूहका एक कार्यकर्ता घाइते भएका छन् । उनी भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेको समेत प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला