केन्द्रीय संस्करण

शिशुको मृत्यु भएपछि मेडिकल सञ्चालक पक्राउ

person explore access_timeजेठ ७, २०७६ chat_bubble_outline0

काठमाडौं– उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङमा एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।  अर्घाखाँची शितगङ्गा नगरपालिका साप्पमारा निवासी सरिता कुमालका १८ महिने छोरा सुशान्तको सोमबार उपचारका क्रममा मृत्यु भएपछि छानबिनका लागि गढवा गाउँपालिका–१ पुतलिबजारस्थित युनिक मेडिकलका सञ्चालक चेतराम चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

माइतीघर आएको अवस्थामा छोरा बिरामी भएपछि मेडिकल लगिएको र मेडिकलमा लग्दा ‘सिफन्टल ०.२६ एमजी र डिक्सोना ०.२ एम्जी’ मिसाएर सिरिञ्ज लगाएपछि शिशु बेहोस भएपछि  थप उपचारका लागि लुम्बिनी अञ्चल प्रादेशिक अस्पताल लगिएको अवस्थामा मृत्यु भएको हो ।  

शिशुको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र व्यवहार गर्नसक्ने भन्दै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । ‘अरू केही होइन, बच्चाको उपचारको क्रममा मृत्यु भयो, बच्चाको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र ब्यवहार गर्छन भनेर नियन्त्रणमा लिएका हौँ’, उनले भने ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...