रुपन्देहीमा एक युवकको हत्या, ४ जना नियन्त्रणमा
बुटवल– आज दिउँसो रुपन्देहीको सालझण्डी जंगलमा फेला परेको बेवारिसे शवको पहिचान भएको छ । शव पहिचानसँगै उनलाई कसैले हत्या गरि फालेको समेत रुपन्देही प्रहरीले खुलसा गरेको छ ।
रुपन्देही प्रहरी प्रमुख एसपी ह्दय थापाका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका ६ मंगलापुरका २८ वर्षीय चिरञ्जीवि आचार्यको हत्या भएको हो । आचार्यलाई टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको खुलेको छ’ एसपी थापाले भने,‘हामीले चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेका छौं । बढी शंका गरिएको एकजना भने फरार छ ।’
थापाका अनुसार उनी काठमाडौंतिर भेटेनरीमा काम गर्ने गरेको र एक हप्ताअघि मात्र बुटवलतिर फर्किएका थिए । मंगलापुरस्थित घरमा भने नगएको पाइएको छ ।
उनको शव आज दिउँसो पौने १२ बजेतिर सैनामैना नगरपालिका–१० को सालझण्डी सामुदायिक वनमा स्थानीयले देखेर खबर गरेपछि सालझण्डी ईलाका प्रहरी कार्यालयको टोली अनुसन्धानका लागि खटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा