शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेडिकलको लापर्वाहीले बालकको ज्यान गयो

मङ्गलबार, ०७ जेठ २०७६, १७ : १८
मङ्गलबार, ०७ जेठ २०७६

बुटवल– दाङमा मेडिकल सञ्चालकको लापर्वाहीका कारण एक बालकको ज्यान गएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका–८, सातमारा घर भई दाङको गढवा गाउँपालिका –१ जेठानगाउँ स्थित माईती घरमा बस्दै आइरहेका हरिबहादुर कुमाल र श्रीमती सरिता कुमालका १८ महिनाका छोरा सुशान्त कुमालको ज्यान गएको हो  ।

हिजो सामन्य विरामी परि राप्ती गाउँपालिका –५ सिसनियास्थित युनिक मेडिकलमा लगिएका बालकलाई cefantal 025 gm र dexona02mx  मिसाई सिरिन्ज चढाइएका बालक त्यही बेहोस भएका थिए ।

उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याएपछि डाक्टरले मृतक घोषणा गरेका थिए । अहिले बिहान उनको शव लमही अस्पतालको शव गृहमा राखिएको र उक्त मेडिकल सञ्चालक चेतनारायण चौधरीलाई नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप