शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कन्टेनरको डिब्बामा सात किलो सुन लुकाएर ल्याउनेविरुद्ध अदालतमा मुद्दा

मङ्गलबार, ०७ जेठ २०७६, १७ : १४
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं–कन्टेनरको डिब्बामा  सात केजी सुन लुकाएर ल्याउने शेर ग्याल्बो घले विरुद्ध रसुवा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

रसुवागढीबाट स्याफ्रुतर्फ आउँदै गरेको ना.६ ख ९०६८ नम्बरको कन्टेनर डिब्बामा विना बिलबिजक ल्याएको सुन प्रहरीले बरामद गरेको थियो । प्रहरीले राजस्व अनुसन्धान विभागमा अनुसन्धानका लागि घलेलाई पठाएको थियो । विभागको अनुसन्धानबाट ३ करोड ५५ लाख ८८ हजार रुपैयाँ सुनको बुझाउनु पर्ने राजस्व नबुझाएको देखिएको छ ।

यस्तै सुन खरिद गर्न ३ करोड ५५ लाख ८८ हजार रुपैयाँ विदेशी मुद्रा अपचलन गरेको भेटिएको हो । 

 विभागका अनुसार ७ करोड ११ लाख  ७६ हजार बिगो कायम गरी   रसुवा जिल अदालतमा मुद्दा दायर गरिएको छ । 
घले रसुवा जिल्ला साविकको यार्सा गाविस वडा नं. ६ र हालको नौकुण गाउँपालिका वडा नं. १  निवासी ३० वर्षिय युवा हुन् । उनलाई राजस्व चुहावट र विदेशी मुद्रा अपचलनमा ३ वर्ष कैद सजाय हुनुपर्ने माग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप