प्रमाणपत्र दिएपछि मात्र श्रमस्वीकृति दिने निर्णय स्थगित गर्न माग
काठमाडौं–नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारले सीपमूलक तालिमको प्रमाणपत्र पेश गरेपछि मात्र श्रम स्वीकृति दिने निर्णय तत्काल लागू नगर्न ध्यानाकर्षण गराएको छ ।
संघले विभिन्न चारवटा बुँदामा संशोधन गरेर मात्र कार्यान्वयनमा लैजान ध्यानाकर्षण गराउँदै वैदेशिक राेजगार विभागलाई ज्ञापनपत्र बुझाएको छ ।
संघको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘वैदेशिक रोजगार ऐन २०६४ को दफा १९ को व्यवस्थालाई संशोधन गरी रोजगारदाता कम्पनीले कामदारलाई प्रदान गरेको करारपत्र उल्लोख गरेको पदलाई आधारमानि अन्तिम श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्नेछ ।’
यसैगरी विदेशबाट सिप सिकेर आएका तर औपचारिक प्रमाणपत्र नभएका र देशमा काम गरी सिप सिकेका व्यक्तिलाई सातै प्रदेशमा सिप परीक्षणको व्यवस्था गर्नुपर्ने, रोजगारदाता कम्पनीले प्रदान गरेको कामको अनुभवको प्रमाणपत्र र अन्तर्राष्ट्रिय सीप परिक्षणबाट प्राप्त गरेको प्रमाणपत्रलाई मान्यता दिन आवश्यक कार्यविधि तयार गर्नुपर्ने माग पनि गरेको छ ।
यस्तै संघले वैदेशिक रोजगार व्यवसायीद्वारा सञ्चालन भएका तालिम केन्द्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।
केही समयअघि असार १५ गतेदेखि विदेश जाने कामदारले सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र श्रम स्वीकृति दिने भन्दै सुचना प्रकाशित भएको थियो । सोही सूचनालाई लिएर व्यवसायीहरुले विरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने