संघले विभागलाई भन्यो: प्रमाणपत्र दिएपछि श्रमस्वीकृति दिने निर्णय तत्काल स्थगित गर्नु
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारले सीप मुलक तालिमको प्रमाणपत्र पेश गरेपछि मात्र श्रम स्वीकृति दिने निर्णय तत्काल लागू नगर्न ध्यानाकर्षण गराएको छ । संघले विभिन्न चारवटा बुँदामा संशोधन गरेर मात्र कार्यान्वयनमा लैजानु भन्दै विभागलाई ज्ञापनपत्र बुझाएको छ ।
संघको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘वैदेशिक रोजगार ऐन २०६४ को दफा १९ को व्यवस्थालाई संसोधन गरी रोजगारदाता कम्पनीले कामदारलाई प्रदान गरेको करारपत्र उल्लोख गरेको पदलाई आधार मानी अन्तिम श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्नेछ ।’
यसैगरी विदेशबाट सीप सिकेर आएका तर औपचारिक प्रमाणपत्र नभएका र देशमा काम गरी सीप सिकेका व्यक्तिलाई सातै प्रदेशमा सीप परिक्षणको व्यवस्था गर्नुपर्ने, रोजगारदाता कम्पनीले प्रदान गरेको कामको अनुभवको प्रमाणपत्र, अन्तर्राष्ट्रिय सीप परिक्षणबाट प्रनप्त गरेको प्रमाणपत्रलाई मान्यता दिन आवश्यक कार्यविधि तयार गर्नुपर्ने माग छ ।
यस्तै संघले वैदेशिक रोजगार व्यवसायीद्धारा सञ्चालन भएका तालिम केन्द्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । केही समयअघि असार १५ गतेदेखि विदेश जाने कामदारले सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र श्रम स्वीकृति दिने भन्दै सुचना प्रकाशित भएको थियो । सोही सुचनालाई लिएर व्यवसायीहरुले विरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल