संविधान संशोधनबारे राजापाले माग्यो सरकारको स्पष्ट धारणा
काठमाडौँ– राष्ट्रिय जनता पार्टी नेपालले संबिधान संशोधनबारे सरकारको स्पष्ट धारणा माग गरेको छ । प्रतिनिधिसभाको मङ्गलबार बसेको संसद बैठकमा राजपाका सांसद महेन्द्र राय यादवले आफुहरुले विगतका अधिवेशनदेखि उठाउँदै आएको र सभामुखले समेत दुई पटक रुलिङ गरेको विषय गिरिशचन्द्रलाल नेतृत्वको प्रतिवेदन र नेपालगञ्ज घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई पुन रुलिङ गर्न माग गर्दै संविधान संशोधनबारे पनि स्पष्ट धारणा नआए बाध्य भएर संसद अवरोध गर्न बाध्य हुने चेतावनी दिए ।
बैठकमा बोल्दै उनले आफुहरुले उठाएका विषयमा सभामुखले सरकारलाई रुलिङ गरेपनि सरकारले त्यसको सुनुवाई नगरेको भन्दै आपत्ति जनाए । उनले संविधान सशोधनका बारेमा सरकारले आफुहरुलाई दिएको आश्वासन पुरा नगरेको भन्दै सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।
‘विगतमा संविधान संशोधनको मुद्दालाई लिएर विगतमा सरकारलाई समर्थन दिएका थियौ । सरकारले एक बर्षसम्म हामीलाई वारम्बार आश्वसन मात्रै दियो पुरा गरेन’ यादवले भने, ‘नेपाली जनताले पहिचान र अधिकारका मागमा सरकारलाई अविलम्ब पुन रुलिङ गरियोस् भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहान्छु ।’
यावदको मागपछि सभामुख कृष्णबहादुर महराले राजपाले उठाउँदै आएका मागबारे पुन सरकारको ध्यानकर्षण गराएका थिए । मंगलबारको बैठक सुरु हुनेवितिकै राजपाका सांसदहरु उठेर विरोध गरेका थिए । लगत्रै सभामुख महराले यादवलाई धारणा राख्न अनुमति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान