अभद्र व्यवहार गर्ने विद्यार्थी पक्राउ
चितवन– प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा.विष्णुराज ओझालाई कालोमोसो दल्ने छ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो ।
प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । प्रा ओझाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि विद्यार्थीलाई पक्राउ गरिएको हो । यसअघि उनीहरुलाई विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले दुई महिनाका लागि क्याम्पसबाट निष्काशित गरेको थियो ।
उक्त समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि विभिन्न आरोप लगाउँदै विश्वविद्यालय परिसरमा दुव्र्यवहार गरेको थियो । सो घटनापछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने