शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के शाकाहारी खाना बच्चाका लागि स्वस्थ हुन्छ ? डाक्टर यसो भन्छन्

मङ्गलबार, ०७ जेठ २०७६, १२ : ५२
मङ्गलबार, ०७ जेठ २०७६

बेल्जियमको रोयल एकेडेमी अफ मेडिसिनले बच्चा, किशोर–किशोरी, गर्भवती र स्तनपान गराइरहेकी महिलाले शाकाहारी खाना मात्र खान नहुने सुझाव दिएको छ ।

एकेडेमीले जारी गरेको वक्तव्यअनुसार बेल्जियममा ३ प्रतिशत बालबालिका शाकाहारी छन् जसले आफ्नो खानामा मासु, अण्डा, दुग्धजन्य उत्पादन र जनावरबाट उत्पादित कुनै पनि खाद्य पदार्थ संलग्न गर्दैनन् । यस्तो खान्कीले बच्चाहरुलाई आवश्यक पर्ने पौष्टिक तत्वबाट वञ्चित गर्ने र यसबारे ध्यान नदिए बच्चाको वृद्धि विकासमा नकारात्मका असर पुर्याउने एकेडेमीले बताएको छ ।

नेशनल ह्युमन राइट्स ओर्गनाइजेशनका सदस्यले यसबारे एकेडेमीको राय मागेको थियो । रोयल एकेडेमी अफ मेडिसिनले बेल्जियमको सरकारी संस्थामा सल्लाहकारको रुपमा काम गर्छ ।

शाकाहारी खान्कीबारे गरिएको अनुसन्धानमा सहभागी क्विन फाबिओला चिल्ड्रन्स हस्पिटलकी बालरोग विशेषज्ञ डा. जर्ज क्यासिमिरले परिवर्तन गर्न नसकिने क्षतीका कारण बालबालिका तथा गर्भवती महिला शाकाहारी हुन नहुने बताएकी छिन् । शाकाहारी खान्कीले प्रोटिन र दिमागको वृद्धि विकासमा सहयोग गर्ने फ्याटी एसिडको कमी हुने गर्छ ।

क्यासिमिरले जारी गरेको एक वक्तव्य अनुसार शाकाहारी खानाले भिटामिन डी र बी१२, क्याल्सिमय र वृद्धि विकासका लागि अत्यावश्यक तत्वको कमी हुने गर्छ ।

द ओपिनियन एण्ड प्रेसिडेन्ट अफ एन युरोपियन अर्गनाइजेसन फर डाइटिसियनका सह लेखक इसाबेल थिबाउतका अनुसार शाकाहारी खान्कीले बालबालिकाको शारिरिक र मानसिक विकासमा कमी हुनुका साथै उनीहरुलाई कुपोषण र रक्तअल्पत्ताको समस्या हुनसक्ने खतरा छ । यदि अभिभावकले यहाँ दिइएको नयाँ सुझाव अनुसरण नगर्ने हो र बालबालिकाले शाकाहारी खाना नै खाइरहे उनीहरुलाई सप्लिमेन्ट दिनुपर्ने र निरन्तर रक्तपरीक्षण गराउनुपर्ने एकेडेमीले सुझाएको  छ ।

तर एकेडेमीको यो बयानमा सबैको सहमती भने छैन ।

ब्रिटिश डायटिशियन असोसिएसनका अनुसार निकै मिलाएर खाइने शाकाहारी खान्की प्रत्येक उमेरमा स्वस्थ हुन्छ । ग्रेट ब्रिटेनमा ६ लाख शाकाहारी छन् जुन कूल जनसंख्याको १.२ प्रतिशत हो ।

‘उचित योजनासहित मिलाइएको शाकाहारी खान्की निकै स्वस्थ र पौष्टिक हुने गर्छ जसले केही रोगको उपचारमा समेत सहयोग पुर्याउने गर्छ,’ अमेरिकाको पौष्टिकविद्का एक संस्था एकेडेमी अफ न्यूट्रिसन एण्ड डायटिक्सले बतायो । ‘यस्ता खान्की प्रत्येक उमेर समूह र जीवन चक्र (गर्भावस्था, स्तनपान, बाल्यकाल, युवावस्था, वृद्धावस्था र एथलेट) मा उपयुक्त हुन्छ । ’

यसका साथै शाकाहारीलाई केही रोगले समेत छुँदैन । शाकाहारीलाई मुटु रोग, टाइप टु मधुमेह, केही क्यान्सर र मोटोपनाको जोखिम कम हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप