शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ वीच्याट र अलिपेलाई नेपालमा प्रतिवन्ध, यसबाट पैसा तिर्न नपाइने

मङ्गलबार, ०७ जेठ २०७६, १२ : ५१
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं–नेपाल राष्ट्र बैंकले अनुमति नलिएका भुक्तानी सेवा प्रदायकबाट भुक्तानी नलिन सचेत गराएको छ । 

राष्ट्र बैंकले भनेको छ, ‘विदेशी भुक्तानी प्रणालीसँग प्रत्यक्ष आवद्ध भएका जुनसुकै क्युआर कोड, पिओएस मेसिन वा अन्य भुक्तानी प्रणालीको प्रयोग स्वीकृति प्राप्त संस्थावाहेकसँग नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यदि यस्तो संस्थावाट कारोबार गरेमा विदेशी विनिमय अपचलन हुने भएकाले नेपाल भित्र त्यस्तो कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी राष्ट्र बैंकले दिएको छ । 

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी गरिएको सूचनामा वीच्याट पे र अलिपे विदेशी जस्ता संस्थाबाट पेमेन्ट नगर्न भनिएको छ । 

यी चिनिया भुक्तानी सेवा प्रदायक संस्थाबाट पैसा तिर्दा व्यवसायीले नेपालमा कमाएको पैसा सरकारलाई थाहा नदिइ विदेशमा लिन पाउँछन् । कानुनी रुपमा कुनै पनि भुक्तानी प्रदायक कम्पनी सञ्चालन गर्न नेपालमा स्विकृत लिनुपर्छ । अलिपे र विचयाट पे ले स्विकृत लिएका छैनन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप