केन्द्रीय संस्करण
भूराजनीति

कसैगरी सिक्किमको विलय रोक्न सकिन्थ्यो ?

सिक्किम विलयमा चीनको पनि साथ ?

person explore access_timeजेठ ७, २०७६ chat_bubble_outline1

हामीले यसअघि सिक्किमको भूराजनीति के हो ? इन्दिरा गान्धीले त्यति हतारमा सिक्किमलाई किन भारतमा विलय गराइन् भन्ने चर्चा गर्यौं । 

सिक्किम सिलिगुरी कोरिडर (चिकेन नेक)माथि नभएको भए त्यति हतारोमा भारतमा गाभिँदैन थियो होला भन्ने विश्लेषणमा पुगेका थियौँ ।

इन्दिरा गान्धीले नेपाललाई समेत गाभ्नेबारेमा सोचेकी थिइन्

यसअघिको प्रस्तुतिमा हामीले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामको पनि कुरा गर्यौं । भारतले चाहँदा चाहँदै पनि त्यस आन्दोलनप्रति नेपालको तत्कालीन सरकारले समर्थन गर्न गरेको आनाकानीले इन्दिरा गान्धी आक्रोशित बनेको कुरा पनि गर्यौं । सिक्किमको प्रकरण पनि भारत नेपालसँग रुष्ट नै रहेको छ ।

यहाँ सिक्किमको विलयलगत्तै अघिका केही घटना र त्यसका प्रमुख पात्रबारेमा चर्चा गरिन्छ । यस चर्चामा नेपाल प्रत्यक्ष जोडिएको छ ।

सिक्मिक विलयलगत्तै इन्दिरा गान्धी देशभित्रको आन्तरिक राजनीतिमा अलमलिनुपर्यो । मेरो विश्लेषणमा के देखिन्छ भने इन्दिरा सङ्कटकालमा अलमलिनु नपरेको भए अझ त्यसपछिको निर्वाचनमा समाजवादीले सत्ता नजितेको भए नेपालको परिस्थिति धेरै हदमा अर्कै हुन सक्थ्यो । त्यो भनेको नेपालमाथि इन्दिराले आक्रमण गर्न सक्थिन् । त्यसबाट नेपालले धेरै ठूलो दुर्गति भोग्नुपथ्र्यो । त्यो परिस्थिति निर्माण नहुनु हामीलाई सौभाग्य कुरा हो ।

वीरेन्द्रको राज्याभिषेकमा आएका चोग्याल नेपालमै बस्न सुझाव

वीरेन्द्रको राज्याभिषेकमा पाकिस्तान, चीनका प्रतिनिधि नेपालमा आएका थिए । सिक्मिका राजा (चोग्याल) भने आफै आएका थिए । उनी आफ्नो सत्तामाथि आइपरेको व्यक्तिगत सङ्कटलाई छलफल गर्ने उद्देश्यका साथ आएका थिए । चोग्यालको चिनियाँ प्रतिनिधिसँग लामो कुराकानी भएको थियो ।

चोग्याल काठमाडौँ आउँदा पनि कठिनाइ भोगेर आएका थिए । काठमाडौँका लागि निस्केका चोग्यालको गाडीमा ढुङ्गा हानिएका थियो । सिक्किममा लोकतन्त्रको माग गरेर आन्दोलन गरिरहेका प्रदर्शनकारीले त्यसो गरेका थिए ।


चीनलाई सिक्किम विलय हुँदैछ र चोग्यालको गद्दी जाँदैछ भनेर थाहा भएको देखिन्छ । नत्र चीनका प्रतिनिधिले चोग्याललाई कुनै पनि आश्वासन दिएको देखिँदैन । योंग्दाले पनि कहीँ कतै त्यसको उल्लेख गरेका छैनन् ।


यो कुरा चोग्यालका सहयोगी क्याप्टेन योंग्दाले नेपालको कुनै म्यागजिनमा दिएको लामो अन्तरवार्तामा धेरै अघि आएको थियो । त्यसैलाई कोट गर्दै सुधिर शर्माले एक लामो लेख लेखेका छन् ।

यहाँ आउँदा पनि चोग्याललाई सन् १९५० मा भएको मैत्री तथा शान्ति सम्झौता विपरीत इन्दिरा जालिन् भन्ने विश्वास गरेको देखिँदैन । तत्कालीन समयमा प्रकाशित चोग्यालका सामग्रीबाट त्यही कुरा देखिन्छ ।

तर नेपालमा आएका चोग्याललाई नेपाल, पाकिस्तान र चीनका प्रतिनिधिले सिक्किम नफर्किन आग्रह गरेका रहेछन् ।

क्याप्टेन योंग्दाले स्थान विशेषको नाम नै त तोकेका छैनन् तर नेपालमै चोग्यालको बासस्थानबारे छलफल भएको पनि लेखेका छन् । तर चोग्याल यहाँ बस्न मानेनछन् र फिर्ता भए ।

सिक्किम विलयमा चीनको पनि साथ ?

यसबाट चीनलाई सिक्किम विलय हुँदैछ र चोग्यालको गद्दी जाँदैछ भनेर थाहा भएको देखिन्छ । नत्र चीनका प्रतिनिधिले चोग्याललाई कुनै पनि आश्वासन दिएको देखिँदैन । योंग्दाले पनि कहीँ कतै त्यसको उल्लेख गरेका छैनन् ।

हुन त त्यो समय चीनका दुई शीर्ष नेता माओ र चाउ एनलाईबीच भिन्नता सतहमा आउन थालेका थिए तर पनि माओ र चाओको नेतृत्वमा चिनियाँ नागरिक, सेनामा ठूलो आत्मविश्वास थियो ।

त्यस्तोमा चीनले सिक्किमको पक्षमा थोरै मात्र बोलिदिँदा पनि ठूलो हुन्थ्यो । तर सिक्किमको विलय हुँदा पनि चीनतर्फबाट त्यति ठूलो विरोधको आवाज आएको देखिँदैन ।

त्यसैले सिक्किम भूराजनीतिमा इन्दिराको जति विश्लेषण गर्नुपर्ने हुन्छ त्यति नै विश्लेषण चीनको पनि गर्नुपर्ने हुन्छ ।

चीनका प्रतिनिधिले कुरा नउठाउनुले अमेरिकाले सिक्किममा खेलिरहेको खेलबारे चीन पनि चिन्तित थियो भन्ने देखिन्छ ।

चोग्यालकी रानी होप कुक अमेरिकी नागरिक थिइन् । सिक्किमको विलयपछि चोग्याललाई छाडेर गएकी कुक कहिल्यै पनि फर्किनन् भन्ने रेकर्ड छ । त्यतिखेरका काजी (प्रधानमन्त्री) लेण्डुप दोर्जेकी श्रीमती पनि युरोपेली थिइन् ।


त्यहाँ सिक्किम, भुटान र नेपाल मिलाएर हिमाली राष्ट्रको फेडेरेसन बनाउने प्रस्ताव पनि भएको रहेछ । यसबारे बाहिर त्यति चर्चा भएको छैन तर वीरेन्द्रको राज्याभिषेकमा त्यस्तो प्रस्ताव आएको रहेछ ।


अमेरिकन महारानी र युरोपेली कजिनी दुवै अमेरिकी गुप्तचर एजेन्सीका लागि काम गर्थे । ब्रिटिसले भारतीय स्वतन्त्रता सङ्ग्राम कालदेखि नै हाल भारतको नर्थ–इस्ट भनिने क्षेत्रलाई टुक्र्याउने लक्ष लिएको थियो भनेर त धेरै पटक भनिसके । त्यही रणनीतिअन्तर्गत ती दुई खटाइएका थिए ।

त्यहाँ सिक्किम, भुटान र नेपाल मिलाएर हिमाली राष्ट्रको फेडेरेसन बनाउने प्रस्ताव पनि भएको रहेछ । यसबारे बाहिर त्यति चर्चा भएको छैन तर वीरेन्द्रको राज्याभिषेकमा त्यस्तो प्रस्ताव आएको रहेछ ।

फेरि शीतयुद्ध शिखरमा रहेका ती दिन भारत बङ्गलादेश, कम्बोडियादेखि कैयौँ स्थानमा अमेरिकाले पक्ष लिएको राष्ट्रसँग प्रत्यक्ष अप्रत्यक्ष सङ्घर्षरत थियो । त्यस दृष्टिकोणबाट एकअर्थमा सिक्किममा पनि भारतको अमेरिकी पक्ष (रानी र कजिनी)सँग सङ्घर्ष रहेको मान्न सकिन्छ ।

जहाँसम्म चीनको कुरा छ ऊ पनि आफ्नो सिमनामै अमेरिकी प्रभाव रहन दिनुभन्दा पछि बन्ने भारतसँग नै सामना गर्न सक्छु भन्ने सोचमा पुगेको हुनुपर्छ । यसले पनि सिक्किमको विलयमा सहयोग गर्यो ।

सिक्किम, भुटान र नेपालको फेडेरेसनको प्रस्ताव

त्यहाँ सिक्किम, भुटान र नेपाल मिलाएर हिमाली राष्ट्रको फेडेरेसन बनाउने प्रस्ताव पनि भएको रहेछ । यसबारे बाहिर त्यति चर्चा भएको छैन तर वीरेन्द्रको राज्याभिषेकमा त्यस्तो प्रस्ताव आएको रहेछ ।

त्यस प्रस्तावबारे थप व्याख्या भएको दस्तावेज त पाइएको छैन । त्यसैले त्यो फेडेरेसन भनेको के हो ? तीनै राष्ट्रको सार्वभौमसत्ता एउटैमा मिलाएर एउटै राष्ट्र बनाउने कुरा भएको हो कि ? अथवा सार्क, बिम्स्टेकजस्तो क्षेत्रीय सङ्गठन बनाउने भनेको हो कि ? भन्नेमा प्रष्ट छैन ।

तर त्यसको एउटा उद्देश्य भने स्पष्ट थियो, त्यो के भने इन्दिरा गान्धीको शासन विस्तारवादी हुँदै आएको छ । त्यसका लागि एक भएर भारतविरुद्ध उभिनुपर्छ भन्ने ।

चीनले यसमा साथ दिन्छ, पाकिस्तानले पनि साथ दिन्छ भन्ने विश्वासमा भारतविरोधी मोर्चा बनाउने प्रयास थियो त्यो । यो पाकिस्तान र चीनको वैशाखीमा निर्माण गर्ने मोर्चाको खाका लगभग काठमाडौँमा तयारी भएको रहेछ । तर अब दरबारसम्म पहुँच भएको भनिएको भारतीय गुप्चतरले त्यो कुरा थाहा नपाउने भन्ने हुँदैन ।

त्यो प्रस्तावको जानकारी भएपछि इन्दिरा गान्धी झनै उग्र भएको देखिन्छ । योंग्दाले अन्तरवार्तामा भनेकी पनि छन्, ‘सायद हामीले त्यो बेला त्यस्तो नगरेको भए विलय अलि पछाडि पो सथ्र्यो कि ?’


के कसै गरी सिक्किमको विलय रोक्न सकिन्थ्यो ? यो सबैभन्दा जीवन्त प्रश्न हो । अथवा यसलाई यसरी भनौँ, भारतले अत्यन्त संवेदनशील रूपमा हेर्ने भूभागमाथि बसेको स्वतन्त्र राष्ट्रका शासक चोग्यालले के गरेको भए चाहिँ सिक्किमलाई बच्थ्यो त ? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो ।


४८ घण्टाको समय दिएर जनमत सङ्ग्रह

काठमाडौँबाट फर्किंदा चोग्यालले सिक्किममा पुनः प्रतिरोधको सामना गरे । लोकतन्त्रको माग गरिरहेकाहरूले त उनलाई देशबाहिरै राख्ने प्रयास गरेका थिए ।

अवरोधको बाबजुद चोग्याल दरबार पुगे । त्यसको केही पछाडि त्यहाँ निर्वाचन भयो । संसारमा कहीँ नभएको ४८ घण्टाको समय दिएर जनमत सङ्ग्रह गराइयो । जनताले नै अनुमोदन गरेजस्तो पार्न नाटक रचियो ।

३२ जनाको संसद गठन भयो, त्यसमध्ये ३१ जना लेन्डुप दोर्जेकै पार्टीका मानिस थिए । तिनमा अङ्ग्रेजी बुझ्ने मुस्किलले पाँच छ जना पनि थिए ।

बाहिर भारतीय सेना बसेको अवस्थामा भित्र गरिएको हस्ताक्षरमा के लेखिएको भन्ने थाहा नपाएको कागजातमा धेरै सांसदले हस्ताक्षर गरे भन्ने छ ।

यो सब चर्चा गरिसकेपछि एउटा प्रश्न उठ्छ : के कसै गरी सिक्किमको विलय रोक्न सकिन्थ्यो ? यो सबैभन्दा जीवन्त प्रश्न हो । अथवा यसलाई यसरी भनौँ, भारतले अत्यन्त संवेदनशील रूपमा हेर्ने भूभागमाथि बसेको स्वतन्त्र राष्ट्रका शासक चोग्यालले के गरेको भए चाहिँ सिक्किमलाई बच्थ्यो त ? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो ।

चोग्यालको एउटै कर्तव्य के हुन्थ्यो भने संवेदशील सिलिगुरी कोरिडोर हामीबाट खतरामा छैन भनेर भारतलाई प्रत्याभूत गराउने । त्यसको सुरक्षाका लागि तिम्रा जेजे सर्तहरु छन् ती सर्तलाई हामी पूरा गर्छौं तर बदलमा हाम्रो सार्वभौमसत्ता रहनुपर्छ भनेर सहमत गराउन सक्नुपथ्र्यो ।

त्यस्तो संवाद गर्न नसक्दा सिक्किमको दुर्गति भयो । भुटानले त्यस्तो छलफल गर्दा उसको सार्वभौमसत्ता कायम रह्यो ।

सैन्य सामथ्र्यले मात्र जोगिन नसक्ने साना राष्ट्रले ठूला राष्ट्रबाट कसरी जोगिने भन्ने विशेष कला विकास गर्न सक्नुपर्छ । त्यसो नहुँदा ठूलो दुर्गति देखिँदो रहेछ । पछिल्लो समय युक्रेनलगायत धेरै ठाउँमा त्यस्ता समस्या देखिएका छन् ।


बीपीले त्यो भन्नुभएको दुई तीन वर्षपछि सिक्किमको विलय भयो । सिक्किमको परिस्थितिबारे जानकार बीपीले त्यसैको कारणले मेलमिलाप नीति लिएर देश फर्किएको हुनुपर्छ । आखिर सिक्किमको विलयपछि नै उहाँ नेपाल फर्किनुभएको हो ।


बीपीको त्यो दुरदर्शिता

बङ्गलादेशको स्वतन्त्रताको समयमा नेपाली काँगे्रसले राजतन्त्रविरुद्ध नै नभए पनि राजाविरुद्ध बम आक्रमणको हदसम्म उत्रिएको थियो तर बीपीले बारम्बार आन्दोलन राजाको निरङ्कुशताविरुद्ध भए पनि राजतन्त्रविरुद्ध होइन भनेको इतिहास छ ।

तर सिक्किममा जुन आन्दोलन चलिरहेको थियो, त्यो राजाको निरङ्कुशता मात्र होइन, राजसंस्थाविरुद्ध पनि थियो । उस्तै खालको शासनविरुद्ध आन्दोलनको भिन्नताबारेमा मैले आफैले सुनेको एउटा रोचक प्रसङ्ग छ । यो मैले बासु रिसाल र योगप्रसाद उपाध्ययबाट सुनेको हुँ । बासु रिसाल त हुनुहुन्न तर योग प्रसादजी अझै जीवित हुनुहुन्छ ।

बनारस निर्वासनमा भएको एक भेलामा पुष्पलाल श्रेष्ठले काँग्रेसलाई राजतन्त्रविरुद्ध उभिएर संयुक्त आन्दोलनको प्रस्ताव राखे । त्यस प्रस्तावमा काँग्रेसका युवा नेताले समर्थन जनाएछन् ।

तर बीपीको एउटै जवाफ थियो, ‘सिक्किमबाट राजसंस्था मात्रै जाँदै छैन, सक्किमको सार्वभौमसत्ता पनि जाँदैछ । त्यही अवस्था नेपालमा पनि आयोस् भन्ने म चाहन्न ।’

बीपीले त्यो भन्नुभएको दुई तीन वर्षपछि सिक्किमको विलय भयो । सिक्किमको परिस्थितिबारे जानकार बीपीले त्यसैको कारणले मेलमिलाप नीति लिएर देश फर्किएको हुनुपर्छ । आखिर सिक्किमको विलयपछि नै उहाँ नेपाल फर्किनुभएको हो ।

सिक्किम विलयबारे लेखिएका महत्त्वपूर्ण पुस्तक

सिक्किमको विलयबारे धेरै पुस्तक आएका छन् । यसमा सुनान्दा दत्ता–रेको ‘स्म्यास एन्ड ग्र्याब ः एनेक्सेसन अफ सिक्किम’ भन्ने पुस्तकले धेरै चर्चा नै पायो ।

त्यस्तै सिक्किमलाई विलय गराउँदा ‘र’का अधिकारी रहेका सिद्धु भन्नेले ‘सिक्किम ः डन अफ डेमाक्रेसी’ भन्ने पुस्तक लेखेका छन् । यो पुस्तक अलि संस्मराणत्मक शैलीमा लेखिएका छ ।

त्यस्तै एन्ड्रु डफको ‘सिक्किम ः रेक्विम फर ए हिमालयन किङ्डम’ पनि उत्तिकै लोकप्रिय किताब हो ।

सिक्किमको विलयबारे अवदेश सिन्हाको ‘पोलिटिक्स अफ सिक्किम’ भन्ने अर्को महत्त्वपूर्ण पुस्तक छ । पुस्तकमा सिक्किमको विलय हुनुपूर्व कसरी त्यहाँको आन्तरिक राजनीति खेलाइएको थियो भनेर राम्रो विश्लेषण छ ।

 

कमेन्ट

  1. May 23, 2019, 1:15 p.m. Naren Karki
    आत्यन्तै मननयोग्य लेख, सबैले पढि चुरो कुरो बुझौ ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...