शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऐश्वर्यामाथि विवादित ट्वीटमा विवेकले आफूलाई बचाउन सकेनन्, अन्ततः मागे माफी

मङ्गलबार, ०७ जेठ २०७६, १० : ५९
मङ्गलबार, ०७ जेठ २०७६

विवेक ओबरोयले ऐश्वर्या राय बच्चनमाथि विवादित ट्वीटको विषयमा अन्ततः माफी मागेका छन् । वास्तवमा, एग्जिट पोलपछि एक मिम भाइरल भएको थियो जसलाई विवेकले आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरेका थिए । यो मिममा तीन तस्बिर थिए । एक तस्बिरमा ऐश्वर्या सलमानसँग देखिएकी छिन् । एकमा विवेकसँग र तेस्रोमा अभिषेक र छोरी आराध्यासँग देखिएकी छिन् ।

यो तस्बिरलाई उनले हल्का, फुल्का मुडमा नै सेयर गरेका थिए तर सोसल मिडिया प्रयोगकर्तालाई उनले सेयर गरेको मिम चित्त बुझेन ।

ऐश्वर्या, सलमान, अभिषेकको मिम सेयर गरेर नराम्रोसँग फसे विवेक ओबरोय, पक्राउ गर्न माग

 

ऐश्वर्याको मिममाथि आक्रोश पोखेकी सोनमलाई विवेक ओबरोयले दिए तगडा जवाफ

 

 

यसलाई एक महिलाको अपमान बताइँदै विरोध गरियो । सुरुमा त विवेक आफ्नो बचाउ गरिरहेका थिए । उनले यसले कसैको भावना आहत भएको जस्तो नलागेको बताएका थिए । उनले आफूले गल्ती नै नगरेका कारण माफी नमाग्ने पनि बताएका थिए । तर सायद उनलाई आफ्नो गल्तीको महसुस भयो होला त्यसकारण उनले सोसल मिडियामा माफी मागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप