शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘गर्भपतन घटाउनलाई भगवानले बनाए नपुंसक, भियाग्रामाथि प्रतिबन्ध लागोस्’

मङ्गलबार, ०७ जेठ २०७६, ०९ : ५६
मङ्गलबार, ०७ जेठ २०७६

गर्भपतनको अधिकारको विषयमा ठूलै बहस चलिरहेको छ । अमेरिकाको एक राज्यले लगभग सबै स्थितीमा गर्भपतनमाथि रोक लगाउने बिल पास गरेपछि बहस थप चुलिएको छ । नयाँ कानून अनुसार बलात्कारको मामला वा आफ्नैद्वारा गरिएको यौनहिंसाको शिकार हुँदा पनि गर्भपतन गराउन पाउने छैन । यसैबीच एक अमेरिकी नायिकाले गर्भपतन र नपुसंकताको विषयमा बयान दिएकी छिन् जुन निकै चर्चामा छ ।

अलाबामाको ३५ सिट भएको सिनेटमा चार महिलामात्रै छन् । तीमध्ये कुनै महिलाले गर्भपतनलाई प्रतिबन्ध गर्नुपर्ने बिलको समर्थन गरेनन् । महिलासँग जोडिएको यो मुद्दामा पुरुषले कुन अधिकार प्रयोग गरेर कानून बनाइरहेका छन् भन्ने प्रश्न उठिरहेको छ । यद्यपी, गर्भपतनको समर्थकलाई अदालतमा यो बिल खारेज हुने आशा छ ।

यस्तै, अमेरिकी नायिका जेनी हद्दाद टम्पकिन्सले गर्भपतनको विषयमा ट्वीट गरेकी छिन् र इरेक्टाइल डिस्फंक्शन (नपुंसकता) लाई भगवानको योजना बताएकी छिन् । नायिकाले लेखिन्, ‘इरेक्टाइल डिस्फंक्शन गर्भपतन घटाउनका लागि भगवानको योजनाको हिस्सा हो । हामीले आफूलाई बचाउनका लागि भियग्राको प्रयोगलाई अपराध घोषित गर्नुपर्छ ।’

अमेरिकी नायिकाको यो ट्वीट सोसल मिडियामा निकै भाइरल भएको छ । यो ट्वीटलाई २९ हजार बढीपटक रिट्वीट गरिएको छ जबकी एक लाख बढीले यसलाई लाइक गरेका छन् ।

थुप्रै महिलाले नायिकालाई ट्वीटलाई शानदार बताएका छन् । यस्तै, एक प्रयोगकर्ताले नायिकाको ट्वीटमा जवाफ दिए, ‘महिनावरीका बेला हुने पीडामा पनि भियाग्रा लाभदायक हुनसक्छ । तर कसैले यसबारे अनुसन्धान नगरेका कारण यसलाई पब्लिक हेल्थ इस्यू मानिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप