रोनाल्डोभन्दा मेस्सी तगडा !
फुटबल जगतमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोको चर्चा सबैभन्दा बढी हुने गर्दछ । दुई खेलाडीबीच को उत्कृष्ट भन्ने होडबाजी सदाबहार चलिरहेको छ । यस सिजन मेस्सीले रोनाल्डोभन्दा आफु तगडा भएको संकेत गरेका छन् ।
दुवै खेलाडीले यस सिजन आफ्नो क्लबलाई लिग जिताए । तर, धेरै गोल गर्नेमा मेस्सी अगाडी आए । स्पेनिस ला लिगामा यस सिजन मेस्सीले ३६ गोल गरेका छन् । बार्सिलोनालाई ला लिगा च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएका मेस्सीले सर्वाधिक गोल गर्दै पीचिची अवार्ड समेत हात पारे ।
इटालियन सिरिए च्याम्पियन युभेन्टसका लागि रोनाल्डोले २१ गोल गर्न सके । यद्यपी रोनाल्डो लिगको बीचमा केही समय घाइते भएका थिए । रोनाल्डोले रियलबाट युभेन्टस पुगेको पहिलो सिजनमै प्लेयर अफ दि इयरको उपाधि जिते ।
मेस्सीले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको समग्र सूचीमा पनि रोनाल्डोलाई पछि पारेका छन् । ला लिगाको अन्तिम खेलमा इबरबिरुद्ध दुई गोल गरेपछि मेस्सीले रोनाल्डोलाई समग्रमा पछि पारेका हुन् । इबरविरुद्धको गोलसँगै मेस्सीले क्लब फुटबलमा कूल ६०२ गोल पूरा गरेका छन् । बार्सिलोनाबाट मात्र खेलिरहेका मेस्सीले ६८६ खेल खेलेका छन् ।
क्लब फुटबलको समग्र गोलमा मेस्सीभन्दा एक गोलले पछि परेका रोनाल्डोले हालसम्म ६०१ गोल गरेका छन् । कठिन चुनौती मोल्न माहिर रोनाल्डोले स्पोर्टिङ लिस्बोन, म्यानचेस्टर युनाईटेड, रियल म्यड्रिड र युभेन्टसमा खेलेका ८०६ खेलबाट उक्त गोल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !