शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खतरनाक मैदा, खानुमा काइदा तर गर्दैन है फाइदा

मङ्गलबार, ०७ जेठ २०७६, ०७ : २६
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौँ । खाजा पसलमा १२ पेज लामो खाजाको लिस्ट पाइन्छ तर हाम्रो मन भने त्यही मम, चाउमिनको वरिपरि घुमिरहन्छ ।  स्वास्थ्यका लागि फाइदाजनक खानेकुरामा हाम्रो ध्यानै जाँदैनन् । चाउचाउ, चाउमिन, मम, चिप्स लगायत मैदाबाट बनेका खानेकुराले हाम्रो मन तान्छ । अन्त्यमा हामीले खाने भनेको यिनै हुन् । बजारमा मैदाबाट बनेका रङ्गीबिरङ्गी खोलमा प्याक भएर आएका खानेकुरामा हाम्रो मन सजिलै जान्छ । मैदाबाट बनेका खानेकुरा मसलेदार र निकै स्वादिला पनि हुन्छन् ।    

हामीले दैनिक खाँदैआएका यस्ता खानेकुरा स्वास्थ्यका लागि कतिको फाइदाजनक हुन्छ भन्नेतिर भने नेपालीले सोच्न छाडिसकेका छौँ । सहरी क्षेत्रका नागरिकले खाने मैदाका परिकार अहिले नेपालका प्रत्येक ग्रामीण क्षेत्रमा पुग्न थालिसकेका छन् ।

चिसो पेय पदार्थ र मैदाबाट बनेका खाने कुरा नेपालको विकासलाई उछिन्दै अगाडि पुग्न थालेका छन् । बालबालिकालाई भुलाउन धेरै दुःख गर्न नपर्ने हुँदा पनि हामी मैदाबाट बनेको खानेकुरा खान्छौँ ।

मैदाबाट बनेका खानेकुरा स्वास्थ्यका लागि भने फाइदाजनक नभएको नेपालका पोषणविद्हरूले बताउँदै आएका छन् । केही समय पहिले एक अन्तर्राष्ट्रिय अनलाइनले क्यान्सर रोक्नका लागि मैदाबाट बनेको खानेकुरा खान रोक लगाउनुपर्छ भनेर वैज्ञानिकले उल्लेख गरेको समाचार प्रकाशित भएको थियो ।

 https://i.ytimg.com/

पोषणविद डाक्टर अरुणा उप्रेती भन्छिन्, ‘कोदो, फापरबाट बनाएको नुडल्स छ भने स्वास्थ्यका लागि फाइदा हुन्छ तर हामी नेपालीले प्रयोग गर्ने नुडल्स भनेको मैदाबाट बनाइएको खाँदै आइरहेका छौँ, जुन स्वास्थ्यका लागि फाइदाजनक छैन ।’

यसरी नै मैदाबाट बनेका खानेकुरालाई नियन्त्रण नगर्ने हो भने धेरै नेपाली रोगको सिकार बन्ने छन् । पोषणविद डाक्टर अरुणा उप्रेती भन्छिन्, ‘कोदो, फापरबाट बनाएको नुडल्स छ भने स्वास्थ्यका लागि फाइदा हुन्छ तर हामी नेपालीले प्रयोग गर्ने नुडल्स भनेको मैदाबाट बनाइएको खाँदै आइरहेका छौँ, जुन स्वास्थ्यका लागि फाइदाजनक छैन ।’

मैदाजन्य कुनै पनि वस्तु स्वास्थ्यका लागि फाइदाजनक मानिन्न । मैदाबाट बनेको खानेकुरामा मानव स्वास्थ्यका लागि अति आवश्यक कुनै पनि पोषणयुक्त तत्वहरु हुँदैन’, डाक्टर उप्रेती थप्छिन् । अर्काे कुरा त मैदामा रेसादार पदार्थ नहुने हुँदा नियमित मैदाको सेवनले कब्जियत हुन्छ ।

गर्भवती महिलाले नखानुस्

डाक्टर उप्रेतीका अनुसार ‘मानव स्वास्थ्यलाई आवश्यक आइरन, क्याल्सियम, प्रोटिन हुँदैन । मैदाबाट बनेका खाने कुरा खाँदा मोटोपन बढ्छ । मैदाबाट बनेका बिस्कुट, चाउचाउ, मम, चाउमिनलाई खाजाका रूपमा नै प्रयोग गरिन्छ । बालबालिका तथा युवा अवस्थाका व्यक्तिमा कब्जियतको प्रमुख एक कारण मैदा प्रयोग पनि हो ।’

यस्तै मैदाबाट बनेको खानेकुरा खाँदा कब्जियत हुने र पछि पायल्स हुने सम्भावना हुन्छ । धेरै रगत बगेको खण्डमा मानिसको शरीरमा रगत कम हुने र रगतको कम भएपछि मुटुसम्बन्धी समस्या आउने सक्ने सम्भावना धेरै हुन्छ । मैदा नियमित सेवनले स्वास्थ्यमा विभिन्न रोग लाग्ने सम्भावना हुन्छ ।

बालबालिकाले नयाँ कुरा सिक्न सक्दैनन् 

नियमित मैदाको सेवनले बालबालिकामा धेरै असर पु¥याउन सक्छ । अविभावकले सहजताका लागि बालबालिकालाई मैदाबाट बनेका खाने कुरा दिने चलन छ तर सानै उमेरदेखि मैदाको प्रयोग गर्ने बालबालिकाको हकमा भने उमेरअनुसार वृद्धि विकास हुँदैन । गर्भवती महिलाले मैदाको खानेकुरा सेवन नगर्दा शिशुको स्वास्थ्य राम्रो हुन्छ । आमाले मैदाको खानेकुराबाट बनेको खाना खाँदा पेटमा भएको

गर्भवती महिलाले मैदाबाट बनेको खानेकुरा खाएमा बच्चालाई कुपोषण हुने, बच्चाको शरीरमा रगतको कमी हुने साथै त्यस्तो बच्चाको रोगसँग लड्न सक्ने शक्तिको कमी हुँदा धेरै रोग लाग्ने सम्भावना हुन्छ ।

शिशुलाई समेत असर पर्ने पोषणविरुद्ध डाक्टर अरुणा उप्रेती बताउँछिन् । गर्भवती महिलाले मैदाबाट बनेको खानेकुरा खाएमा बच्चालाई कुपोषण हुने, बच्चाको शरीरमा रगतको कमी हुने साथै त्यस्तो बच्चाको रोगसँग लड्न सक्ने शक्तिको कमी हुँदा धेरै रोग लाग्ने सम्भावना हुन्छ । 

मैदा प्रयोगले साँच्चै क्यान्सर हुन्छ ?

अहिले अन्तर्राष्ट्रिय मिडियाहरुले पनि मैदाको प्रयोग गरिएका खाना खाँदा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ भन्दै आइरहेको छ । तर मैदाबाट बनेको खानेकुरा खाँदैमा क्यान्सर नहुने पोषणविरुद्ध डाक्टर अरुणा उप्रेती बताउँछिन् । तर नियमित मैदाबाट बनेको खानेकुरा खाँदा शरीर मोटो हुने र मोटोपले नै क्यान्सर हुने  बताइन् ।

यति मात्रै होइन मैदाको सामान लामो समयसम्म टिकाउनका लागि प्रयोग गरिएको विभिन्न केमिकल्सले मानव स्वास्थ्यमा समस्या पार्न सक्छ ।

नियन्त्रण कसरी गर्ने

सञ्चार माध्यममा विभिन्न मैदाबाट बनेका खानेकुराको विज्ञापनले नै नागरिकले यस्ता खानेकुरालाई महत्त्व दिएको पाइन्छ । यस्ता विज्ञापनलाई नियन्त्रण गर्नु नै नेपालीलाई रोगबाट बचाउने पहिलो उपाय भएको विज्ञहरु बताउँछन् । अविभावकले बालबालिकालाई खुशी पार्न मैदाबाट बनेका खानेकुरा दिनको सट्टा घरकै खाना बनाएर खुवाउने हो भने बालबालिकालाई धेरै रोगबाट बचाउन सकिन्छ ।

यस्तै विद्यालयमा जाने बालबालिकालाई शिक्षकले मैदाबाट बनेको खानेकुराले स्वास्थ्यमा पार्ने नकरात्मक असरको बारेमा जानकारी दिने र त्यस्ता खानेकुरा विद्यालयमा ल्याउन रोक लगाउनुपर्ने डा. उप्रेती बताउँछिन् ।

कार्यालयहरुमा पनि स्वस्थकर खाजाको व्यवस्था गर्ने या घरबाट नै खाजा लिएर आउन जानकारी गराउने हो भने मैदाको प्रयोगबाट बन्ने खानाकम हुन सक्छ ।

अस्वस्थकर खानाले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्नु गलत भएको भन्दै यस्तो विज्ञापनलाई भने सरकारले रोक्न सक्नुपर्ने पोषणविद्धहरुको भनाइ छ ।

डा. उप्रेती सञ्चार माध्यममा विज्ञापन नियन्त्रण गर्ने नसकेको खण्डमा अस्वस्थकर खानाको विज्ञापन गर्न नपाइने बताउँछिन् ।  अस्वस्थकर खानाले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्नु गलत भएको भन्दै यस्तो विज्ञापनलाई भने सरकारले रोक्न सक्नुपर्ने पोषणविद्धहरुको भनाइ छ ।

नेपालको नीतिमा स्वास्थ्यलाई बेफाइदा गर्ने खानेकुराले पनि फाइदा पु¥याउँछ भन्दै बालबालिकाको प्रयोग गरेको हुँदा यस्तो प्रवृत्तिलाई रोक्नुपर्ने विज्ञहरु बताउँछन् ।

अचम्म त के छ भने गाउँका नागरिकले स्थानीय खानेकुरा खान छाडेर विभिन्न प्याकेटमा आउने खानलाई प्राथमकिता दिन थालेका छन् तर सहरी क्षेत्रको ठूला होटलमा भने कोदोको ढिँडो, सिस्नुको सुप, फापरको रोटी जस्ता खानेकुरालाई प्राथमिकता दिन थालेका छन् ।

गाउँघरमा खाजा खान जाने व्यक्तिले पनि स्थानीय खानेकुरा खोजेर खाँदा समाजमा सकारात्मक सन्देश जाने गाउँका नागरिकले पनि यो कुरालाई महत्त्व दिने पोषणविद्हरु बताउँछन् । उच्च रक्तचाप, स्ट्रोक, हृदयाघात लगायत अन्य रोगहरु पनि छिट्टै लाग्ने सम्भावना हुन्छ ।

 मैदाका खानेकुराले हाम्रो शरीरमा पार्ने असरहरु 

 —मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाई ग्लाइसेमिक इन्डेक्स हुन्छ ।

—ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ, जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।

— ममको अत्यधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ ।

— जुन मानिस नियमित रूपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।

— मैदा बनाउँदा प्रोटिनका निकालिएका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ, जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।

Title Photo: https://www.world-grain.com/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप