युक्रेनका नवनिर्वाचित राष्ट्रपतिद्वारा पदबहाली
एजेन्सी- युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोड्यम्यर जेलेन्स्कीले सोमबार पद बहाली गरेका छन् । पद बहालीका अवसरमा संसदमा राष्ट्रपतिको रुपमा पहिलो सम्वोधन गर्दै उनले पृथकतावादीहरुसँग भइरहेको द्वन्द्व र आर्थिक समस्या समाधान गर्नेतर्फ आफुले प्राथमिकतासाथ काम गर्ने बताए ।
हास्यकलाकार समेत रहेका ४१ बर्षीय जेलेन्स्की युक्रेनको इतिहासमा अहिले सम्मकै सबैभन्दा कान्छो राष्ट्रपति भएको बताइएको छ । उनले द्वन्द्वग्रस्त डोनबस क्षेत्रमा युद्ध विराम गर्नु आफ्नो पहिलो काम हुने पनि संसदमा घोषणा गरे । उनले सरोकारवालाहरुसँग तत्काल वार्ता थाल्ने पनि बताए ।
“हामीले युद्ध गरिरहने होइन, त्यो तत्काल अन्त्य गर्नुपर्दछ,” उनले भने, “हामी वार्ताका लागि तयार छौँ, वार्ताबाट समस्याको समाधान सम्भव छ ।” उनले आफ्नो अर्को मुख्य चुनौती भनेको गुमेको आफ्नो देशको भूमि फिर्ता गराउनु पनि रहेको बताए ।
उनलाई विश्वका धेरै देशहरुले बधाई तथा शुभकामना दिएपनि आफ्नै छिमेकी मुलुक रुसले भने बधाई तथा शुभकामना दिएको छैन । तिक्ततापूर्ण सम्वन्ध रहेको रुसले विवाद समाधानका लागि जेलेन्स्कीले लिने निर्णयका आधारमा युक्रेनसँगको सम्वन्ध निर्धारण हुने जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले उनलाई बधाई तथा शुभकामना नदिनु भएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालबाट ७ महिनामा ९ अर्बको जस्तापाता निर्यात
-
शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का
-
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
-
निसीखोला बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने