मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालमा तथानाम गाली गरेपछि...

सोमबार, ०६ जेठ २०७६, २१ : ५८
सोमबार, ०६ जेठ २०७६

काठमाडौं महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी ओलीबारे तल्लोस्तरमा लेख्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले नेपाली खबर अनलाइनमा ‘कमेन्ट’ गर्ने सिन्धुपाल्चोकका ३४ वर्षीय लालबहादुर तामाङलाई आज बानेश्वरबाट पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले सामाजिक सञ्जालको दुरुपयोग गरी त्रास फैलाउने कार्यमा संलग्न रहेकाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए । अभियुक्त तामाङलाई विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप