शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु

सोमबार, ०६ जेठ २०७६, २१ : ३६
सोमबार, ०६ जेठ २०७६

रौतहट-रौतहटमा ट्र्याक्टर पल्टिँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौद्धिमाई नगरपालिका इनर्वा टोलका ५५ वर्षीय शिवपूजन साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेत जोतेर घर फर्किने क्रममा मौलापुर र देवीगोनाही नगरपालिकाको सिमानामा पर्ने लालबकैया खोला पुल नजीकै ना६त ५८२५ नं को ट्र्याक्टर पल्टिँदा साह गम्भीर घाइते भएका हुन् । साहलाई उपचारका लागि चन्द्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप