मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

राजपा  २ केन्द्रीय सदस्य  जेल चलान

सोमबार, ०६ जेठ २०७६, २० : ४९
सोमबार, ०६ जेठ २०७६

पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल आज पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन् । 

किर्ते गरी उपभोक्ता समिति गठन गरेको तथा सरकारी कागजात किर्ते गरेको मुद्दामा उनीहरु थुनामा परेका हुन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको एकल इजलाशले यादव र मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि किर्ते गरी उपभोक्ता समिति बनाएको र सरकारी कार्यालयको कागजात किर्ते गरेको अभियोगमा दुवै जनामाथि एक महीनाअघि सप्तरी प्रहरीले अनुसन्धान थालेको थियो । 

यसैगरी सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत रु चार लाख धरौटीमा रिहा भएका छन् ।

 पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलीप दाससँग अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप