शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको त्रैमासिक नाफामा व्यापक गिरावट

सोमबार, ०६ जेठ २०७६, २० : ३२
सोमबार, ०६ जेठ २०७६

भारतीय कार निर्माण कम्पनी टाटा मोटर्सको त्रौमसिक नाफामा ४७ प्रतिशतले गिरावट आएको उक्त कम्पनीले सोमबार जनाएको छ ।

टाटाको आरामदायी ज्यागुअर ल्याण्ड रोभर कारका कारोबारमा चिनियाँ बजारका साथै अन्य विदेशी बजारमा आएको सुस्तता टाटाको नाफा प्रतिशत घट्नुको प्रमुख कारक भएको कम्पनीको निष्कर्ष छ ।

बेलायत तथा अमेरिकामा टाटाको कारोबार राम्रो भएको तर चीनमा अनपेक्षित रूपमा कमी देखिएको कम्पनीको भनाइ छ । टाटाको ज्यागुअर ल्याण्ड रोभरका लागि चीन प्रमुख बजार हो ।

टाटाको सन् २०१९ को शुरूवाती तीन महिना अर्थात् मार्च ३१ सम्मको नाफा ११ अर्ब १७ करोड भारतीय रूपैयाँ रहेको छ । 

अघिल्लो बर्ष सोही समयमा टाटाको नाफा २१ अर्ब २५ करोड अमेरिकी डलर रहेको कम्पनीको धितो बजार मूल्याङ्कनका लागि जारी विज्ञप्तिमा उल्लेख छ ।

‘ज्यागुअर ल्याण्ड रोभरको चिनियाँ बजारमा आगामी दिनमा पनि सन्तोषजनक कारोबार नरहने वा वर्तमान् चुनौति कायम रहने छ,’ टाटा मोटर्सका अध्यक्ष एन चन्द्रशेकरनले भने ।

‘कारोबारका हिसाबले चुनौतिपूर्ण बाहिरी अवस्थालाई समाधान गर्दै कम्पनीलाई थप नाफा दिलाउनका लागि हामीले निर्णयात्मक तथा प्रतिस्पर्धात्मक रणनीति निर्माण गरी अघि बढ्दैछौँ,’ उनले थपे ।  

कारोबारमा देखिएको सुस्ततासँगै टाटाले भारतीय अर्थतन्त्रमा गर्दै आएको योगदानमा पनि सामान्य प्रभाव परेको कम्पनीको भनाई रहेको छ ।

टाटा मोटर्सको नाफामा देखिएको न्यूनताका बाबजुद पनि चियादेखि स्टिलजस्ता सामानको भारतीय उत्पादक कम्पनी टाटाको बम्बई स्टक एक्चेन्जमा सोमबार शेयर मूल्यमा ७।५३ प्रतिशत वृद्धि भउको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप