शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्र तस्विरमा हेर्नुहोस रेणु र पार्वतीको पदभार (फोटोफिचर)

आइतबार, २२ साउन २०७४, २२ : ३२
आइतबार, २२ साउन २०७४

भरतपूर – शनिवार भरतपुर महानगरपालिकामा निर्वाचित भएका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले आइतबार साँझ कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । 


निर्वाचित भएको पहिलो दिन उनीहरु बिहानैदेखि निकै ब्यस्त भए । बिहानको समयमा दुबै जनप्रतिनिधीलाई सुभेच्छुकको बधाई तथा शुभकामना लिन भ्याइ नभ्याई थियो भने, दिँउसो ११ बजेदेखि साँढे २ बजेसम्म बिजय र्यालीमा सहभागी भए । 


यस्तै दिँउसो ३ बजे जिल्ला समन्वय समितिको कार्यालयमा प्रमुख निर्वाचन अधिकृतबाट प्रमाणपत्र तथा सपथ ग्रहणका लागि पुगेका थिए । तर एमालेका जनप्रतिनिधीले उक्त कार्यक्रम बहिष्कार गरेपछि पाँच बजेदेखि झन्डै ७ बजेसम्म सपथग्रहण कार्यक्रम चलेको थियो । 


साँझ ७ बजे महानगरपालिकामा उनीहरुलाई कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसलगतै उनीहरुले पदभार ग्रहण गर्दै महिला स्वास्थ्यसँग सम्बन्धित दुई निर्णयमा हस्ताक्षर गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप