केन्द्रीय संस्करण

विराज महर्जनको कप्तानीमा राष्ट्रिय फुटबल टोलीको घोषणा

person explore access_timeजेठ ६, २०७६ chat_bubble_outline0

मलेसिया र चाइनिज ताइपेविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । 

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विराज महर्जनको कप्तानीमा २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका हुन् । 

नेपालले आगामी जुन २ मा मलेशियासँग र जुन ६ मा चाइनिज ताईपेसँग खेल्दैछ । फरर्वाड विमल घर्तीमगर र भरत खवास टोलीमा परेनन् । 

फिटनेसमा कमजोर भएका कारण विमल टोलीमा अटाएनन् भने भरत चोटका कारण समावेश नभएका हुन् । त्यस्तै मिडफिल्डर हेमन गुरुङ, डिफेन्डर कमल श्रेष्ठ र दिनेश राजवंशी पनि टोलीमा परेनन् । 

नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाए । छनोट हुने अन्य खेलाडीमा गोलकिपर किरणकुमार लिम्बु, विकेश कुथु र एलेन न्यौपाने छन् । 

डिफेन्डर विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी र रवि सिलवाल छन् भने मिडफिल्डरमा रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, बिमल राना र विशाल राई छन् । त्यस्तै फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, तेज तामाङ र नवयुग श्रेष्ठ छन् । 

लक्ष्मी उदीयमान खेलाडी

दोस्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सअन्तर्गत काठमाडौँ जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ आज उदीयमान खेलाडी घोषित भएकी छन् । त्यसवापत लक्ष्मीलाई प्रोत्साहन स्वरुप सिनियर खेलाडीले रकम सङ्कलन गरी रु पाँच हजार पाँच सय नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगिताअन्तर्गत पुरुष छान् छ्वानमा बलम्बु माविका मेमबहादुर लो र महिलामा बुद्ध प्रकाशकी मनिका थापा तथा पुरुष नान छ्वानमा बुद्ध प्रकाशका छिरिङ लामाले स्वर्ण जिते । पुरुष थाइची छ्वानमा बुद्ध प्रकाशका आकाश लुङगेली तथा महिलामा बुद्ध प्रकाशकै मारिया राई पहिलो भए ।

विजेतालाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेल, आयोजक काठमाडौँ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपोनलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...