भरत र विमलविनाको फुटबल टोली
काठमाडौं– दुईवटा मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली रास्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपालले आगामी जुन २ तारिख मलेसिया र ६ तारिख चाइनिज ताइजेईसँग उसैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । प्रशिक्षक जोहान कालिनले सोमबार प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।
विराज महर्जनको कप्तानीमा रहेको टोलीमा स्ट्राइकर भरत खवास र विमल घर्तीमगरलाई समावेश गरिएको छैन । भरत घाइते भएको र विमलको फिटनेस समस्याका कारण टोलीमा समावेश नगरिएको प्रशिक्षक कालिनले उल्लेख गरेका छन् । टोलीमा नयाँ खेलाडीको रुपमा अभिषेक रिजालले मौका पाएका छन् । नेपालले सन् २०२२ को विश्वकप छनोट खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली टोली
गोलरक्षक: किरन चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने
रक्षक : विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, र रवि सिलवाल
मिडफिल्डर : रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, विमल राना र विशाल राई
स्ट्राइकर : अभिषेक रिजाल, अञ्जन विष्ट, तेज तामाङ र नवयुग श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना