शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी बर्षको बजेटले देश विकासको गियर बढाउँछ: प्रधानमन्त्री ओली

सोमबार, ०६ जेठ २०७६, १८ : ३५
सोमबार, ०६ जेठ २०७६

धादिङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् । धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासको गति दुई गियरमा छ भने तीनमा पु¥याउछ । तीनमा छ भने चारमा पु¥याउँछ ।’

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए । ‘हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं ’ प्रधानमन्त्री ओलीले भने, ‘सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभई आमूल परिवर्तन गर्न चाहेको बताएका छन् । ‘सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर यसै बर्ष भएको बताएका छन् । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामी केही बर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं’ प्रधानमन्त्री ओलीले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप