शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ताजकिस्तानमा जेलभित्रै भीडन्त, ३२ जनाको मृत्यु

सोमबार, ०६ जेठ २०७६, १७ : ५७
सोमबार, ०६ जेठ २०७६

एजेन्सी- ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले शुरु गरेको भडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतङ्ककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।  तर समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप