शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले नै सामुहिक बलात्कार गरेपछि...

सोमबार, ०६ जेठ २०७६, १७ : ०७
सोमबार, ०६ जेठ २०७६

नागरिकका रक्षक नै भक्षक बन्दै दुईजना प्रहरीले सामुहिक बलात्कार गरेका छन् । उनीहरुले एक किशोरी र अर्की एक युवतीलाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

ढिलोगरी प्रप्त समाचारअनुसार दङ्गा नियन्त्रण प्रहरी गण सुनवलका प्रहरी जवानद्वय पाटेश्वर यादव र प्रेम खड्काले २७ वर्षीया विवसता (नाम परिवर्तन) र १६ वर्षीया बाध्यता (नाम परिवर्तन ) लाई बलात्कार गरेका हुन् । प्रहरीका अनुसार उनीहरुले बैशाख २ गते साँझ सुनवलको बन–झाडीमा लगेर ती युवतीलाई बलात्कार गरका हुन् ।

बलात्कार अभियोगमा दुवै प्रहरी जवानलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेर अदालतमा ७ दिन म्याद समेत थप गरिएको नवलपरासी पश्चिमका प्रहरी प्रबक्ता  डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार बलात्कार आरोपी प्रहरी जवान यदवको घर दाङ्ग हो भने खड्काको घर डढेलधुरा हो । उनीहरुलाई कारबाहीको माग गर्दै सुनुवलवासीले आइतबार प्रहरी गण बाहिर विरोध  प्रदर्शन गरेका थिए ।

पीडित किशोरी र युवतीका आफन्तले घटना भित्रभित्रै मिलाउन खोजिएको बताए ।

‘बलात्कृत भएकी २७ बर्षीया बहिनी सुस्त मनस्थितीकी छन् । अर्की कक्षा ८ मा पढ्दैछन’्  उनले भने, ‘उक्त दिन विहान त्यस्तै आठ बजेको समयमा उनीहरु दाउरा घाँसका लागि दङ्गा प्रहरी कार्यालयको हाता बाहिर गएका थिए ।

पीडितहरुको घर सुनवल ३ किर्तिपुमा पर्दछ । ‘सुरुमा भित्रभित्रै मिलाउनका लागि अप्रत्यक्ष रुपमा पैसाको प्रलोभन पनि देखाईएको थियो ।

माथिल्लो पहुँच प्रयोग गरेर घटनालाई दवाउन खोजिएको थियो । हामीले मानेनौ । हिजो विरोध प्रदर्शन गरियो र मुद्दा दर्ता भएको छ,’ पीडितका आफन्तले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप