शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाल दोलखा हाइड्रोपावरको आइपिओ जेठ १४ देखि खुल्ने, क–कसले पाउँछ भर्न ?

सोमबार, ०६ जेठ २०७६, १७ : ०६
सोमबार, ०६ जेठ २०७६

काठमाडौ– हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपिओ जेठ १४ गतेदेखि बिक्री खुला हुने भएको छ । सय रुपैयाँ प्रतिकित्ताको १६ लाख कित्ता सेयर आयोजनको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं.९, १० र माइ नगरमापलिका वडा नं.९ का बासिन्दाले यो आइपिओका लागि आवेदन दिन सक्नेछन् । न्युनत्तम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ । 

आवेदन दिने अन्तिम मिति जेठ २८ गतेसम्म हो । यदि सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने असार १३ गतेसम्मका लागि समय थप हुनेछ । क्रेडिट रेटिङ कम्पनीले यस आइपिओका लागि ग्रेड ४ दिएको छ । इलाममा हिमाल हाइड्रोपावरका दुइवटा आयोजना निर्माण भइरहेको छ । जसमा माइखोला साना जलविद्युत आयोजना ४.५ मेगावाट र माइखोला क्यासकेड जलविद्युत आयोजना ८ मेगावाटको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप