ओपो रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन
काठमाडौं– ओपोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी)सँग सहकार्यका लागि सम्झौता गरेको छ ।
यससँगै ओपो अब तीन बर्ष (२०१९–२०२१)का लागि विश्व प्रसिद्ध रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन बनेको छ । अग्रणी स्मार्ट उपकरण ब्राण्ड अब रोल्याण्ड गार्रोसको पहिलो चिनियाँ पार्टनर बनेको छ ।
इमिरेट्स, लेकोस्ट, पज्यो र रोलेक्सका साथमा प्रिमियम पार्टनरका रुपमा ओपो, स्मार्टफोन उद्योगबाटै रोल्याण्ड गार्रोसको पहिलो पार्टनर हुनुका साथै पहिलो चिनिया प्राविधिक ब्राण्ड पनि हो ।
ओपोका उपाध्यक्ष ब्रायन शेनले भने, ‘ऐतिहासिक रोल्याण्ड–गार्रोसको प्रिमियम पार्टनर बन्न पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ । २०१९ रोल्याण्ड गार्रोस टूर्नामेन्टका साथमा हामी यस गरिमामय टेनिस टूर्नामेन्टसंगको सहयात्राको सुरुवात गर्नेछौँ । यस सहकार्यले प्रिमियर टेनिस टुर्नामेन्टको लोकप्रियतामा अझ ब्यापकता ल्याउनुका साथै ओपो ब्राण्डलाई पनि अझ बढी उपभोक्तासम्म पुग्न सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
एफएफटीका अध्यक्ष बर्नाड ज्युजचेलीले भने, ‘रोल्याण्ड गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको पहिलो चिनिया पार्टनरका रुपमा ओपोको स्वागत गर्न पाउँदा हामी निकै हर्षित छौं । यो संयुक्त सम्झौता वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्डको विश्वासको सटिक प्रदर्शनी हो । नवप्रबर्तनको सिद्धान्तमा आधारित यो सम्झौता एफएफटीको प्रभाव बढाउन र चीन जस्तो प्रमुख वैश्विक बजारमा आफ्नो उपस्थिती थप दरिलो बनाउने अन्तरर्राष्ट्रिय रणनीतिसँग मेल खाँदो छ ।’
यो पार्टनरसिप मार्फत ओपो र रोल्याण्ड गार्रोसले ब्राण्ड सजगता, भिडियो कन्टेन्ट उत्पादन, यूवा प्रतिभा विकास र प्रविधि तथा उत्पादन अनुभव लगायत क्षेत्रमा उल्लेख्य सहकार्य गर्नेछ । ओपोको प्रिमियम स्मार्टफोनहरु, फाईन्ड एक्स र रेनोको प्रयोग मार्फत रोल्याण्ड गार्रोसका विशेष पलहरु कैद गरी स्टेडियममा फोटो ग्यालरीका रुपमा प्रदर्शित हुनेछन् ।
भविष्यमा ओपोले रोल्याण्ड गार्रोसमा अनसाइटरुपमै, विशेष ओपो जोन खडा गरी विश्वभरका टेनिस फ्यानलाई आफ्ना नयाँ उत्पादन तथा प्राविधिक नवप्रबर्तनहरु प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ । यूवा प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्ने ओपोको प्रतिबद्धता अनुसार ओपो ‘जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपो’को टाइटल स्पोन्सरका रुपमा पनि आवद्ध भएको छ । यसले चीन, भारत र ब्राजिलका उदयिमान यूवा एथ्लेट्सलाई टुर्नामेन्ट सम्म पुग्न सघाउने छ ।
‘यूरोपमा सर्वाधिक लोकप्रिय खेलका रुपमा रहेको टेनिसका लागि कडा एथ्लेटिसिजम मात्र नभइ सुन्दरता र कलात्मकताको पनि आवश्यकता पर्छ । ओपोको आफ्नो उत्पादन प्रतिको सिद्धान्तसंग यो मिल्दो जुल्दो छ ।’, ब्रायन शेनले भने ‘ रोल्याण्ड गार्रोससँगको यो पार्टनरशिपले संयुक्त भिजन प्रतिबिम्बित गर्नुका साथै यूरोपमा अझ फराकिलो रुपमा उपभोक्तासंग सटिक सम्वाद र सम्बन्ध स्थापित गर्न सघाउनेमा हामी विश्वस्त छौं ।’
एक वैश्विक ब्राण्डका रुपमा ओपोको यूरोपसँग बलियो प्रतिबद्धता रहेको छ । रोल्याण्ड गार्रोससँगको यो सहकार्यले स्पोर्ट्स पार्टनरशिप मार्फत ओपोको प्रतिबद्धतालाई थप दरिलो तरिकाले प्रस्तुत गर्न सघाएको छ ।
रोल्याण्ड गार्रोससँगको यो सहकार्यका साथै विम्बलडन, एफसी बार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले ओपोको यूरोपियन बजारमा बलियो लगानीको अपेक्षा गरेको छ । आफ्नो रणनीति ‘ईन यूरोप, फर ग्लोबल’लाई आधार मान्दै यूरोपियन बजारमा आफ्नो ब्यवसाय बृद्धि गर्दै थप नवप्रबर्तनात्मक उत्पादन तथा सेवाहरु यस क्षेत्र र विश्वभरका उपभोक्ता माझ पस्कन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा