शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बहुमूल्य धातुको उत्खननलाई सरकारले प्राथमिकता दिनुपर्छ: मुख्यमन्त्री शाही

सोमबार, ०६ जेठ २०७६, १६ : ३९
सोमबार, ०६ जेठ २०७६

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमूल्य धातु तथा खनिजको उत्खननलाई संघ र प्रदेशका सरकारले प्राथमिकता दिनु पर्ने बताएका छन् । सोमबार ललितपुरमा नेपाल सुनचाँदी रत्न आभूषण महासंघको छैटौ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री शाहीले खनिजको उत्खनन्लाई संघ र प्रदेशका सरकारले योजना बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले नेपालको वैदेशिक व्यापार घाटा कम गर्दै राष्ट्रिय उत्पादकत्व बढाउन आफ्नै देशको खनिज पदार्थले महत्वपूर्ण भूमिका खेल्ने भएकोले नेपालमा सम्भावना भएका बहुमूल्य धातु तथा खनिजको उत्खनन्लाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । नेपालको कर्णाली प्रदेश बहुमुल्य धातु तथा खनिजको लागि धेरै सम्भावना भएको क्षेत्र भएकोले सबै तहका सरकारले सबैले ध्यान दिन पनि आग्रह गरे । 
कार्यक्रममा नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बहुमूल्य पत्थर तथा आभूषण बनाउन प्रयोग हुने धातुको कारोबारको स्पष्ट नीति नहुदा कारोबार गर्ने र उपभोक्ता मारमा परिरहेको गुनासो गरे । सरकारले गरगहना बनाउन प्रयोग हुने सुन चाँदीको आयात गर्न र तयारी गरगहना विदेश निर्यात गर्न स्पष्ट कानुनी व्यवस्था मिलाउन माग पनि गरे ।

पछिल्लो केहि वर्ष यता सुन चाँदीको अवैध कारोवार तथा ओसारपसार बढेको भन्दै सरकारले आयातमा निश्चित कोटा परिमाण तोकेको छ । यो व्यवस्थालाई व्यवसायीहरुले विरोध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप