बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जलेश्वर अस्पतालमा कुकुरको टोकाइका घाइते बढे

सोमबार, ०६ जेठ २०७६, १५ : ११
सोमबार, ०६ जेठ २०७६

महोतरी–महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकाइका घाइते बढेका छन् । उक्त अस्पतालको आकस्मिक कक्षका अनुसार अहिले दैनिक एक दर्जन कुकुरले टोकेका घाइते उपचारका लागि आउने गरेका छन् । 

डा.मृत्युञ्जयकुमार ठाकुरका अनुसार बढ्दो गर्मीसँगै कुकुर असामान्य हुने र तिनको  सम्पर्कमा जाने जो केहीलाई टोक्ने भएकाले जिल्ला अस्पतालमा दिनदिनै कुकुरले टोकेका घाइतेको चाप बढेको हो ।

जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका घाइते आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय क्षेत्रका प्रभावित व्यक्तिसमेत उपचारका लागि आउने गरेका अस्पतालका प्रमुख डा.राजीव झाले बताए । उनका अनुसार अप्रत्यासितरुपमा कुकुरले टोकेका घाइते बढेपछि अहिले त्यस्ता व्यक्तिलाई चिकित्सकले विशेष सेवा दिइरहेका छन् । 
 
अस्पतालमा कुकुरले टोकेका प्रत्येक घाइतेलाई रेविज लाग्न नदिन घाउको अवस्थाअनुसार जनही तीनदेखि पाँच भाइल (डोज) प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिनुपरेको जिल्ला प्रमुख झाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप