कलाकार महँगिएको कारण फिल्म कम बन्न थाल्यो – रोज राणा
काठमाडौं – फागुन, चैत्र, बैशाख र जेठ महिना अक्सर फिल्म छाँयाकनका लागि राम्रो मानिन्छ । दिन लामो हुने र पानीले पनि असर नगर्ने भएकोले यी महिना फिल्म छायाँकनका लागि उतम मानिन्छ ।
बिगतका बर्षमा यी महिना दुई दर्जन बढी फिल्म छाँयांकनको लागि फ्लोरमा हुन्थे । तर यो बर्ष भने आधा दर्जन फिल्म पनि फ्लोरमा छैनन् । अहिले अभिनेताहरु एक फिल्मका लागि ५० लाख डिमाण्ड गर्न थालेका छन् । अभिनेत्रीले पनि २० लाखको चर्चा गरेको सुन्न सकिन्छ ।
तर फिल्म निर्माण भने कम हुन थालेका छन् । यसको मुख्य कारण फिल्मकर्मीले लगातार फिल्मको ब्यवसाय असफल हुनु र कलाकारको पारिश्रमिक आकाशिनुलाई मानेका छन् ।
चलचित्र निर्माता संघका महासचिव रोज राणाले पनि यही कुरा दोहोर्याएका छन् । आइतबार फिल्म ‘माया बस्छ कि के हो ?’घोषणा कार्यक्रममा उनले शो कुरा दोहोर्याएका हुन् । ‘हिजो एउटा फिल्म बनाउन लाग्ने बजेट अहिले एक कलाकारलाई तिर्नु पर्ने अवस्था बनेको छ । अनि, कोही किन फिल्म बनाओस् ?’ राणाले भने ‘फिल्मको संख्यामा कमी आउनुको मुख्य कारण कलाकारको पारिश्रमिक हो ।’
‘गत वर्षको बैशाख र जेठमा करिब ३ दर्जन फिल्म फ्लोर थियो । अहिले आधा दर्जन फिल्म नहुनु दुःखको बिषय हो ।’ राणाले थपे ।
हालै चलचित्र प्राविधिक संघले प्राविधिकहरुलाई दैनिक १२ घन्टा भन्दा बढी काम लगाइएको भन्दै १२ घण्टे सिफ्ट प्रणाली निर्माता संघमा बुझाएको थियो । सिफ्ट प्रणालीले निर्माता झनै मारमा पर्ने रोजले बताए । प्राबिधिक संघको पत्रको जवाफमा पहिला निर्माता बाच्नु पर्छ ।
त्यसपछि अरुको कुरा आउछ भनेर जवाफ फर्काएको राणाले सुनाए ।
‘निर्माता नै बाँचेनन् भने फिल्म कस्ले बनाउछ’ राणाले भने ‘फिल्म नबने कलाकार र प्र्रबिधिकले कहा काम पाउने ।’
आधादर्जन बढी ब्यवसायी फिल्म बनाएका राणाले ‘जय परशुराम’ र ‘मेरो पैसा खाई ?’ फिल्मको निर्देशन समेत गरेका छन् । उनी अहिले ‘खलनायक’ फिल्मको सिक्वेलको रुपमा ‘खलनायक २’ बनाउने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ