शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा ठकुरीलाई रजत पदक

सोमबार, ०६ जेठ २०७६, १२ : १४
सोमबार, ०६ जेठ २०७६

अमेरिका– एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसनद्वारा आयोजित अन्तर्र्रािष्ट्रय प्रतियोगितामा ३ पटक गिनिज वल्र्ड रेकर्ड उज्जवल ठकुरीलाई रजत पदक प्राप्त भएको छ । 
गत शुक्रबार सम्पन्न उक्त प्रतियोगितामा पोइन्ट फाइट(अंक युद्ध )र ७४ केजी तौल भन्दा माथी ब्लाक बेल्ट(कालो फित्ताधारी )प्रदर्शन खेलमा ठकुरीले रजत पदक हासिल गरेका हुन् । उनी २९ बर्षीय मिलर ओमारीसँग पराजित भएका थिए । नासका अन्तर्गत राखिएको वाको युएसए खेल भनेको वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन हो ।

त्यसैगरी ठकुरीले नासकाको सृजनात्मक कातामा कास्य पदक हासिल गरेका छन् । नेपाली मूलकामध्ये अमेरिकामा वाको खेल्ने र रजत ल्याउने सम्भवत आफू नै भएको ठकुरीले बताए । पदक नजितेर ओलम्पिकमा भाग लिंदैमा ओलम्पियन बन्ने आफ्नो रहर नभएको उनको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप