मुक्तिनाथ विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त कमलपोखरीमा हरित गार्डेन निर्माण
सोमबार, ०६ जेठ २०७६, १२ : १२
काठमाडौं–मुक्तिनाथ विकास बैंकले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा हरित गार्डेन निर्माण गरेको छ ।
बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १ स्थित महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासँग सहकार्य गरी बैंकले सडक पेटीको खाली चौंरमा हरित गार्डेन बनाएको हो । बैंकले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको हो ।