शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानलाई तगडा झट्काः करोडौं डलर खर्चेर पनि सोचेको पाउन सकिएन

सोमबार, ०६ जेठ २०७६, ०९ : ३२
सोमबार, ०६ जेठ २०७६

पाकिस्तानले जब कराँची नजिकै तटीय इलाकामा तेल र ग्यासको खोज सुरु गरेको थियो तब ठूलो भण्डार भेटिने आशा गरिएको थियो ।

तर शनिबार पाकिस्तानले आधिकारिक रुपमा यो क्षेत्रमा तेल र ग्यासको खोजी प्रयास रोकेको जानकारी दिएको छ । यसले आफ्नो इन्धन आवश्यकताका लागि आयातमा निर्भर हुने पाकिस्तानलाई ठूलै झट्का लागेको छ ।

शनिबार पाकिस्तानले आधिकारिक रुपमा केकरा–१ सेक्टरमा अफशोर ड्रिलिंग (तटभन्दा टाढा उत्खनन) बन्द गर्ने घोषणा गरेको छ ।

समाचार एजेन्सी एपीपीका अनुसार तेलको कुवाको खोजी गरिरहेको दल अबको केही दिनमा यो कुवालाई बन्द गर्नेछन् ।

यसअघि पाकिस्तान यो क्षेत्रमा तेलको खोजीका लागि १७ पटक प्रयास गरिसकेका छन् तर सबै विफल भए । केकरा–१ तेलको कुवा कराँचीको तटभन्दा २८० किलोमिटर टाढा दक्षिणपश्चिममा छ । यो इन्दस–जी ब्लकमा पर्छ ।

प्रधानमन्त्री इमरान खानका विशेष सहायक नदिम बाबरले स्थानीय मिडियासँग कुरा गर्दै केकरा–१ मा तेलको खोजीको परिणाम इच्छानुसार नरहेको बताए ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसै वर्ष मार्चमा पाकिस्तानले अरब सागरमा तेलको ठूलो भण्डार भेट्न सकिने बताएका थिए ।

उनले पाकिस्तान तेल र ग्यासको व्यापक खोजीको नजिक पुगेको र यदि यस्तो भए देशको आर्थिक समस्या समाप्त हुने बताएका थिए ।

मार्चमा इमरानले भनेका थिए, ‘पाकिस्तानले यो प्राकृतिक संसाधन पाओस् भनेर सबैले प्रार्थना गर्नुहोस् भन्ने म आशा गर्छु । एक्सनमोबिलको नेतृत्वको कन्सर्टियमको समुन्द्रमा तटभन्दा टाढा गरिरहेको ड्रिलिङबाट हाम्रो आशा वास्तविकतामा परिणत होस् ।’

इमरान खानले भनेका थिए, ‘हामी प्रबल सम्भावना भएको आफ्नो पानीमा एउटा ठूलो भण्डारको खोजी गर्नेछौं । यदि यस्तो भयो भने पाकिस्तान छुट्टै लिगमा आउनेछ ।’

पाकिस्तानको यो जलक्षेत्रमा अमेरिकी तेल कम्पनी एक्सनमोबिल र इटलीको इएनआई तेलको खोजमा साझा उत्खनन गरिरहेको छ । यो कम्पनीले तेलको खोजीमा समुद्रमा गहिरो कुवा खनेको छ ।

पाकिस्तानको पेट्रोलियम रिजर्भको एक वरिष्ठ अधिकारीका अनुसार ५५०० मिटरसम्म उत्खनन गरेपछि कुनै तेल भण्डार भेटिएको छैन ।

अब यी कम्पनीले कुवालाई बन्द गर्ने निर्णय गरेको छ ।

पाकिस्तानको जल संसाधन मन्त्री सैयद अली हैदरले गल्फ न्यूजसँग भने, ‘हामीले तेलको खोजीमा अहिले १८ कुवा मात्रै खनेका छौं । भारतले ४३ औं कुवा खनेपछि मात्र सफलता पाएको थियो । लिबियाले ५८ औं प्रयासमा तेल भेटेको थियो । नर्वे एउटा यस्तो देश हो जहाँ तेल भेटिने आशा कसैले पनि गरेका थिएनन् तर उसले सन् १९५४ र ६३ कमो बीचमा ७८ कुवा खने र ठूलो सफलता पाए ।’

यो खोजी अभियानमा करिब १० करोड डलर खर्च भइसकेको छ । पत्रिका डन अनुसार पेट्रोलियम डिभिजनका अधिकारी अनुसार खोजी अभियानबाट जम्मा गरिएको डाटाको प्रयोग भविष्यको खोजी अभियानमा गर्न सकिन्छ ।

अधिकारीका अनुसार यो उत्खननको क्रममा भुकम्पसँग सम्बन्धित अनुसन्धान पनि गरिएको छ जसले निकै सहयोग गर्नेछ ।

समुद्रमा तेल खोज्नु एउटा निकै जटिल र मुश्किल काम हो । यो क्षेत्रमा लगानी जोखिमयुक्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप