बेलायतका प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौताका लागि संसदमा ‘दमदार प्रस्ताव ’ पेश गर्ने
एजेन्सी-बेलायती प्रधानमन्त्री टरिजा मेले यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि संसदमार्फत अर्को एउटा ‘दमदार खाका’ पेश गर्ने आइतबार बताएकी छिन् ।
बेलायती पत्रिका सन्डे टाइम्समा प्रकाशित एक लेखमा मेले भनेकी छिन्, “इयूबाट बेलायतको बहिर्गमनका लागि अन्तिम प्रयासस्वरूप ‘नयाँ र सुधारिएको’ प्रस्ताव संसदमा प्रस्तुत गरिने छ ।”
प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै विपक्षी लेबर पार्टीले प्रधानमन्त्रीले ल्याउने उक्त प्रस्तावको विपक्षमा मतदान गर्ने बताएको छ ।
बेलायती संसदका बहुमत सदस्यले प्रधानमन्त्रीबाट यस पहिले पटक पटक ल्याइएका प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
प्रधानमन्त्री मेले आफुले ‘पहिलेकै सम्झौतामा सांसदहरूलाई पुनः सोच्न मात्र भनेको नभै’ उनीहरूलाई सुधारसहितको प्याकेजका उपाय ल्याउन लागेकोले यसमा समर्थन प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
प्रधानमन्त्री मेको प्रस्ताव बेलायती संसदले पटक पटक अस्वीकार गरेको ब्रेक्जिट प्रक्रिया अवरूद्धतालाई समाधान गर्ने पहलस्वरूप आएको हो ।
प्रधानमन्त्रीले आफ्नो नयाँ प्रस्तावमा मतदानसँगै प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ बाट बाहिरिने समयतालिका पनि तय गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)