शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वन क्षेत्र बढ्यो ः मन्त्री बस्नेत

आइतबार, ०५ जेठ २०७६, २२ : ५९
आइतबार, ०५ जेठ २०७६

काठमाडौं-वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वन क्षेत्र बढ्दै गएको बताएका छन् । उनले जङ्गल वृद्धि हुनाका साथै वन्यजन्तुको सङ्ख्यसमेत बढेको बताए ।

डब्लुडब्लुएफ नेपालको २६ औ वार्षिकोत्सवमा मन्त्री बस्नेतले डब्लुडब्लुएफ नेपालले संरक्षणका क्षेत्रमा गरेको सहयोगको प्रशंसासमेत गरे । ४५ प्रतिशत भूभाग जङ्गलले ओगटेको उल्लेख गर्दै मन्त्री बस्नेतले अहिले वनजङ्गल र वन्यजन्तु चोरी–निकासी एवं शिकार नियन्त्रण भएको बताए ।

वन्यजन्तु र मानवबीच देखिएको द्वन्द्व कम गर्न चुनौती भएको समेत उनको भनाइ थियो । जैविक विविधता महासन्धिले उठाएका दिगो व्यवस्थापको मुद्दालाई आत्मसात् गरी उपभोग र लाभको न्यायिक वितरण हुनुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप