बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीलाई कम्पोनीको बाई बाई

आइतबार, ०५ जेठ २०७६, २२ : ०३
आइतबार, ०५ जेठ २०७६

एजेन्सी-इङ्लिस क्लब म्यानचेस्टर सिटीले शनिबार राति एफए कपको उपाधिको खुशीसँगै अर्को दुःखद क्षणको पनि महसुस गरेको छ । सिटीलाई अब्बल बनाउन ११ बर्षदेखि खेल्दै आएका कप्तान भिसेन्ट कम्पोनीले सिटी छाड्ने निर्णय गरेका छन् ।

एफए कपको उपाधिका लागि वाटफोर्डसँग खेलेको खेलनै कोम्पनीको लागि अन्तिम बन्यो । कोम्पनीले एफए कपको उपाधिसँगै म्यानचेस्टर सिटीलाई बाई बाई गरे । उनको सिटी छाड्ने घोषणाले हजारौं सर्मथकलाई एकैसाथ दुःखी पनि बनायो । कोम्पनीको कप्तानीमा सिटीले यसैबर्ष एफए कप सहित प्रिमियर लिग र लिग कपमा पनि बाजी मारेको थियो ।

बेल्जियमका ३३ बर्षीय कोम्पनीले ११ बर्षको बीचमा सिटीलाई धेरै गुन लगाए । सिटीले पनि उनलाई धेरै दियो । कम्पोनीले सिटीका लागि कूल १० उपाधि जिताएका छन् । तर यसपटकको ट्रिबेल उपाधि उनका लागि विशेष रह्यो । कम्पोनी सन् २००८ मा जर्मन क्लब हेमवर्गरबाट सिटीमा अनुबन्ध भएका थिए ।

सिटी छाडेसँगै कोम्पनीले फुटबल प्रशिक्षकको रुपमा आफुलाई फुटबलमा सक्रिय बनाउने बताएका छन् । ‘लगातार लिग कप, प्रिमियर लिग र एफए कप जितेका हाम्रा लागि यस सिजन विशेष रह्यो । मलाई विश्वास छैन । सिटीमा यो मेरो अन्तिम सिजन हो । तरपनि मैले सिटी छोड्ने निर्णग गरेको छु,’ कोम्पनीले भने । उनले सिटीमा आफुले सबै चिज पाएको र सिटीलाई पनि सक्दो योगदान दिएको बताए । सिटीमा तीनसय ६० खेल खेलेका भरपर्दा रक्षक कम्पोनीले सिटीलाई चार वटा प्रिमियर लिग जिताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप