शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई अधिकृत र एक नासुविरुद्ध आरोपपत्र दायर

आइतबार, ०५ जेठ २०७६, २१ : ५३
आइतबार, ०५ जेठ २०७६

काठमाडौं-अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत दुई अधिकृत र एक नासुलाई जनही रु २० लाख २४ हजार १४१ बिगो भराई प्रचलित ऐनबमोजिम सजायका लागि मागदाबी गरेको छ । 

आयोगले आज भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठ, बटुकृष्ण अधिकारी र नासु वसन्तकुमार सुवेदीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो । 

नेपालगञ्ज भन्सार कार्यालयमा नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजश्व छली गरेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा तीन कर्मचारीलाई कारवाहीका लागि आयोगले प्रक्रिया अघि बढाएको हो । 

विसं २०७५ जेठ २४ गते भन्सार एजेण्ट दिनेशकुमार बानियाँसँगको मिलेर झुटो प्रज्ञापनपत्र बनाई भन्सार छली गरेको अख्तियारले जनाएको छ । ‘ना ६ ख ५८५९’ र ‘ना ७ ख १७’ नंका मालवाहक ट्रकबाट भन्सार महसुल तथा राजश्व छली गरी मालवस्तु ल्याइएको र र घीउ प्रज्ञापन पत्रमा उल्लेख नभएको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले खराब मनसायले सामानधनीसँगको मिलेमतोमा भन्सार महसुल चुहावट गरेको बताइएको छ । 

भन्सार एजेण्ट सङ्केत नं ३५ का दिनेशकुमार बाँनिया, वनवोरी माता ट्रेडर्सका सञ्चालक रवीन्द्र गुप्ता र वनवोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्तालाई पनि आयोगले कारवाही र बिगो भराइको माग गरेको छ । त्यस्तै हिमालयन कार्गोको सञ्चालिका मधुकुमारी चौधरी र सोही कम्पनीका लागि काम गर्ने विनोदकुमार गुप्ता र राहुलकुमार गुप्ताले प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार कारवाहीको माग गरिएको छ । 

राजश्व अनुसन्धान विभागका नायब सुब्बा देवीबहादुर थापाले राजश्व छली तथा चुहावटको सूचना तथा सुराकीका आधारमा अनुगमन तथा अनुसन्धान नगरी नेपाल सरकारलाई हानिनोक्सानी तथा सामानधनीलाई फाइदा पुग्याएको भन्दै सजायको माग गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप