राष्ट्रिय वाणिज्य बैंकद्वारा उत्कृष्ट कार्यालय तथा कर्मचारीलाई पुरस्कृत
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना उत्कृष्ट शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।
बैंकको ५४ औं वाषिकोत्सबको अवसरमा आ.व. २०७४÷०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङले पुरस्कार वितरण गरे ।
कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ कर्मचारी पुरस्कार बित्त विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक बिमल डंगोललाई नगद ५० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत अन्य २८ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरेको छ ।
सो अवसरमा उत्कृष्ठ शाखा कार्यालय सन्धिखर्क शाखालाई नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी बैंकले अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने १४ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद १० हजार देखि ३० हजार सम्म, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरेको छ । त्यसैगरी उत्कृष्ठ कार्य गर्ने पाँच जना शाखा प्रवन्धकहरुलाई पनि पुरस्कृत गरीयो । साथै कर्मचारीहरुलाई विषगत प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ्ग सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुँदा आधुनिक सेवा दिनु पर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंक क्लिन र स्मार्ट बैंकिङ्गको रुपमा अगाडि बढ्दै हरेक क्षेत्रमा आफुलाई सक्षम साबित गरेको विचार ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ