शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निशानको ‘खै कसले माया गरेर हो कि’ सार्वजनिक

आइतबार, ०५ जेठ २०७६, १८ : ४६
आइतबार, ०५ जेठ २०७६

काठमाडौं – पूर्वेली गायक निशान सिंखडाको नयाँ गीत ‘खै कसले माया गरेर हो कि’ सार्वजनिक भएको छ । प्रदीप प्रखर पोखरेलको शब्द ‘द भ्वाइस अफ नेपाल’ का विजेता सिडी विजय अधिकारीले संगीत रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो । 

वसन्त बाम्वुले राईको निर्देशन रहेको भिडियोमा वसन्त र तपस्याको अभिनय देख्न सकिन्छ । भिडियोलाई दिनेश राईले छायाँकन गरेका हुन् ।  एक प्रेमिल जोडीको कथा बुनिएको भिडियो पूर्वका विभिन्न स्थानमा छायाँकन गरिएको छ । गायक सिंखडाको यस अघिको ‘डेरावासी’, ‘अन्तरुमन्तरु’ गीतले चर्चा पाएको थियो । 

सार्वजनिक गीतले फेरि आफुलाई सांगीतिक क्षेत्रमा नयाँ उचाई दिने गायक निशानले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप