बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुम्लामा मिडवाइफ्री विद्या अध्यापन हुने

शुक्रबार, ०२ असार २०७४, १६ : ३२
शुक्रबार, ०२ असार २०७४

काठमाडौँ,  जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यसै वर्षदेखि मिडवाइफ्री ९प्रसूति विद्या० को अध्यापन सुरु गर्ने तयारी भइरहेको छ । 

आउँदो मङ्सिर महिनादेखि अध्यापन सुरु गर्ने लक्ष्य राखिएकाले अहिले यसको पाठ्यक्रम बनाउने, भौतिक संरचना तयार पार्नेलगायतका तयारी थालिएको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्र वाग्लेले जानकारी दिए । 

नेपालमा पेसागत मिडवाइफ ९प्रसाविका० को विकास गर्न लागि सन् २००६ मा नेपाल सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो । त्यसमा मिडवाइफ्री जनशक्ति तयार गर्न लागू गरिएको छुट्टै पाठ्यक्रम नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान न्याम्सको वीर अस्पताल नर्सिङ क्याम्पस र काठमाडौँ विश्वविद्यालय धुलिखेलमा १६ जनाले अध्ययन गरिरहेका छन् । 

कर्णालीमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा गर्भवती, सुत्केरी र शिशुको मृत्युदर उच्च रहेकाले अन्य विद्यालाई भन्दा मिडवाइफ्रीलाई प्रमुखता दिइएको उपकुलपति वाग्लेले बताए । 

मिडवाइफ्री सोसाइटी अफ नेपालका अध्यक्ष प्रा किरण बज्राचार्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मिडवाइफ्री शिक्षा अनिवार्य रहेको बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि मिडवाइफ्री शिक्षा अध्यापन गर्ने तयारी भइरहेको बताइएको छ 

उपकुलपति वाग्लेले भने “गर्भवती र नवजात शिशुको अकालमा हुने मृत्युदर रोक्न मिडवाइफले ठूलो भूमिका खेल्ने भएकाले नेपालमा यसको आवश्यकता छ भने कर्णाली क्षेत्रमा अझै यसको जरुरत छ ।” 

तीन वर्षमा उत्पादन हुने मिडवाइफका लागि स्वास्थ्य संस्थामा छुट्टै दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने जिम्मेवारी मन्त्रालयको भएकाले ढुक्क भएर अध्ययन गर्न विद्यार्थीलाई मिडवाइफ्री सोसाइटी अफ नेपालले आग्रह गरेको छ । 


अहिले पनि गाउँमा दक्ष चिकित्सकको उपलब्धता नहुने विद्यमान रहेकाले एउटा दक्ष मिडवाइफले स्वास्थ्यको पहुँच नपुगेका महिलालाई ठूलो राहत पु¥याउन सक्ने विश्वास लिइएको छ । 

अध्यक्ष बज्राचार्यले भने – “अहिले पनि ठूलो सङ्ख्यामा गर्भवती घरमै सुत्केरी हुने भएकाले आमा र नवजात शिशुको मृत्युदर रोक्न सकिएको छैन । त्यसकारण मिडवाइफको खाँचो हरेक गाउँ र स्वास्थ्यको पहँुच नपुेका स्थान अझ बढी छ ।” 

मिडवाइफ्री अध्ययनका लागि हाललाई स्टाफ नर्सलाई अध्ययन गर्न लगाइएको बताइन्छ । यसका लागि तीन वर्षमा करिब रु तीन लाख खर्च लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप