सोधानान्तरमा अत्यधिक चाप, सरकारको आर्थिक बृद्धिदरको लक्ष्यलाई चूनौती
काठमाडौं– देशको चालू खाता घाटा २ खर्ब रुपैयाँभन्दा बढी नाघेको छ । चालू खाता घाटा २ खर्ब ४ अर्ब ४३ करोड रुपैयाँ पुगेको हो । यो घाटा गतवर्षको यसै अवधिमा १ खर्ब ७२ अर्ब ६७ करोड रुपैयाँ थियो । निरन्तर बढ्दो आयात, विस्तारित चालू खाता घाटा, सोधानान्तर घाटा आदिले गर्दा नेपालको उच्च आर्थिक बृद्धिदरको लक्ष्यमा असर पर्ने देखिन्छ ।
केही समयअघि अन्तर्राष्ट्रिय मुद्राकोषले (आइएमएफ) एक÷डेढ बर्षमै नेपाल आर्थिक रुपले जटिल मोडमा पुग्ने घोषणा गरेको थियो । त्यसको कारण विस्तार हुँदै गएको चालू खाता घाटा, अत्यधिक आयात र सोधानान्तर घाटा हो ।
राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनले चालू खाता घाटा झन्झन् बढ्दै गएको देखाएको छ । चैत मसान्तसम्म देशको सोधानान्तर ६४ अर्ब ६८ करोड घाटामा छ । जबकि गतवर्षको यसै अवधिमा १४ अर्ब ६० करोड घाटामा थियो ।
देशको प्रत्यक्ष वैदेशिक लगानी पनि निकै गिरावट आएको छ । चैत सम्म ७ अर्ब १० करोड प्रतयक्ष वैदेशिक लगानी छ । गतवर्षको यसै अवधिमा १४ अर्ब ४१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर