शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकम अफरः दश पैसामा एक मिनेट कुराकानी

आइतबार, ०५ जेठ २०७६, १७ : ०२
आइतबार, ०५ जेठ २०७६

काठमाडौं– उहिले बाजेका पालामा दश पैसाले धेरै चिज किन्न सकिन्थ्यो रे ! अहिले हाम्रा पालामा त दश पैसा अस्तित्वमा नै छैन ।

यसको पनि केही काम आउँछ भनेर पत्याउन पनि सकिँदैन । तर नेपाल टेलिकमले फेरी पुरानो समय फिर्ता ल्याइदिएको छ र दश पैसामा फोन गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

आम ग्राहकको हितलाई ध्यानमा राखी नेपाल टेलिकमका मोवाइलबाट दश पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो ।

यो सेवा उपभोग गर्नका लागि मोवाइलमा VOICE90 लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । त्यसपछि जम्मा ९ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घण्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिनेछ ।

यो सुविधा कम्पनीका जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड दुवैथरी मोवाइलका ग्राहकहरुका लागि उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप