शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्यू क्यालेडोनियामा शक्तिशाली भूकम्प

आइतबार, ०५ जेठ २०७६, १६ : ०३
आइतबार, ०५ जेठ २०७६

न्यू क्यालेडोनिया– अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा आएको थियो । भूकम्पबाट जनधनको कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । साथै कुनै सुनामीको चेतावनी पनि जारी गरिएको छैन ।

फ्रान्सको अधीनमा रहेको क्यालिडोनिया प्रशान्त महासागरीय क्षेत्रमा रहेको छ । यहाँ बारम्बार भूकम्प जानुका साथै ज्वालामुखी विस्फोटन हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप