शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने

आइतबार, ०५ जेठ २०७६, १५ : ५९
आइतबार, ०५ जेठ २०७६

काठमाडौं । मोटरसाइकल पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ । आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) वसन्त पन्तले सो जानकारी दिएका हुन् । 

दुई पाङग्रे सवारी साधन बढि दुर्घटना हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त स्टिकर हेल्मेट ल्याइने एसएसपी पन्तले पत्रकार सम्मेलनमा जानकारी दिए । 

त्यस्तै उपत्यकाको १० ठाउँमा नमूना सडक बनाइने तयारी भइरहेको पनि उनले बताए ।

एसएसपी पन्तले सवारी चालकहरुलाई मध्यनजर गर्दै अनलाइन पेमेन्ट पनि ल्याइने तयारी भइरहेको र केही मनिामै यसले पूर्णता पाउने जानकारी दिए । उनले भने, ‘चालकहरुलाई सहज गर्ने उदेश्यले अनलाइन पेमेन्टको योजना अघि ल्याइएको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप