फिल्म ‘माया बस्छ कि के हो ?’ घोषणा
काठमाडौं – ‘माया बस्छ कि के हो ?’ निर्माण घोषणा गरिएको छ । आइतवार राजधानीका एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्ममा सोनाल तामाङ र कस्मता निरौलाको मुख्य भुमिका रहने छ । यी दुबै कलाकार यस फिल्मबाट अभिनयमा देखिन लागेका हुन् ।
पारिवारिक लभस्टोरी तथा हाँस्य कथामा आधारित भएर बन्ने फिल्मको निर्देशक राजु अधिकारी रहेका छन् । असार दोस्रो साताबाट छायांकनमा जाने बताइएको फिल्मको सम्पूर्ण छायांकन युरोपमा हुनेछ । जनपुकार मिडिया हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुने बताइएको छ ।
शरद अधिकारी प्रस्तुतकर्ता रहेको फिल्ममा बहादुर सिंह तामाङ र कृष्ण गिरी कार्यकारी निर्माता रहेका छन् । फिल्मको कथा आरती अधिकारीले तयार पारेकी हुन् । पटकथा तथा संवाद मौनता श्रेष्ठको रहेको छ ।
अर्जुन पोखरेलको संगीत रहने फिल्ममा सोनाल र कस्मताको अलवा ध्रुव दत्त, बेनी ढुंगाना लगायतको समेत अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।